Nyay-Ko-Khoji-Ma-Ekal-Mahila-28-Magh-2072-1
हुलाकी न्यूज, विरगञ्ज, २८ माघ । पर्साको चोर्नी गाविस वडा नं. ८ की एकल महिला सरिता सिंहले बाराका काँग्रेस सांसद अनिल रुंगटामाथि करोडौँ मूल्यको जग्गा किर्ते गरेको आरोप लगाएकी छिन् । उक्त स्थानमै रहेको जगदम्बा इन्टरप्राइजेज लिमिटेड उद्योगका सञ्चालक समेत रहेका रुंगटाले फर्जी कागजातको आधारमा उद्योग छेउको २ बिगहा १८ कठ्ठा जग्गा अतिक्रमण गरेको सिंहले बताएकि छिन् ।

सिंहका अनुसार मोही बापतको आफ्नो ससुरा जगरनाथ सिंहले गत बिक्रम सम्बत् २०५० सालमा प्राप्त गरेको जग्गा रुंगटाले अतिक्रमण गरेका हुन् । कब्जा गरेको चोर्नी वडा नं. ८ स्थित उद्योग छेउको २२, २३, २४ र २५ कित्ता नम्बरको जग्गाको मूल्य करिब आठ करोड ७० लाख रुपैँया पर्ने सिंहको भनाइ छ ।

उद्योग छेउ कै जग्गा सांसद रुङ्गटाले कब्जामा लिएर पर्खाल समेत लगाएको सरिताको बताएकि छिन् । अतिक्रमणको जग्गामा पर्खाल लगाउँदा दुबै पक्ष बिच विवाद भएपछि इलाका प्रहरी कार्यालय जीतपुरले तत्कालको लागि पर्खाल नलागाउन सम्झौता गराएपनि पर्खाल लगाएको उनको गुनासो छ ।

सांसद रुङ्गटाले आफूलाई ३० लाख रुपैयाँ दिएर कुरो मिलाउन दबाव पनि दिएको सरिताले बताइन् । ‘९ करोडको जग्गा मिचेका छन् , उनले भनिन् ‘अनि ३० लाखमा कसरी मान्नु ? ’

मोहियानी हक भएको प्रमाणपत्र आफुसँग भएपनि सांसद रुङ्गटाले बेलाबेलामा जग्गा छोड्न मानसिक दबाव र धम्की दिदै आएकोले असुरक्षाको कारण आफू एक छोरा र छोरी सहित काठमाडौं बस्दै आएको उनको भनाइ छ । ‘आफै त फोन गरेका छैनन् , तर अरु मार्फत धम्की दिइरहेका छन्’ , उनले भनिन् , ‘पटक पटक धम्की आउन थालेपछि प्रहरीमा जानकारी गराइसकेकी छु ।’

सांसद् रुङ्गगटाले भने जगरनाथ सर्राफले राष्ट्रिय वाणिज्य बैंकमा धितो राखेको जग्गा आफूले कागजी प्रक्रिया पुरा गरेर खरिद गरेको बताए ।
‘बैंकमा सर्राफले धितो राखेको जग्गा मैले खरिद गरेको हुँ’ , उनले भने ,‘मोहीको जग्गा हो भन्ने बारेमा मैले शंका नैं गरिनँ, यदि त्यस्तो हो भने पहिले कै जग्गधनी सर्राफले नैं जानुन् ।’
सांसद रुङ्गटाले आँफूले सरिता सिंहलाइ कुनै पनि किसिमको दवाब र धम्की नदिएको पनि बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.