Press-realese-siraha
हुलाकी न्यूज, सिरहा २८ माघ । सिरहाका सरकारी कार्यालयहरुलाई मधेशी जनताबाट कुनै किसिमको असुली वा जरिवाना नलिन चेतावनी दिइएको छ ।

मधेश आन्दोलनको स्वरुप परिवर्तन भएपश्चात खुल्ना थालेका सरकारी कार्यालयहरुले ढिलो भएको कारण जरिवाना लिन थालेपछि यस्तो चेतावनी दिइएको हो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा निकट युवा संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारी कार्यालयहरुबाट असुली वा जरिवाना नलिन चेतावनी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘आन्दोलनबाट जनजनमा पर्न गएको आर्थिक भारलाई मध्यनजर राख्दै यो सरकारले कुनै पनि कार्यालयमा असुली वा जरिवानालगायतका अनावश्यक रकम नतिर्ने नतिराउनसमेत जानकारी गराउँद छौं । यस गैरजिम्मेबार क्रियाकलापहरुको पछि नपर्न र सचेत रहन अनुरोध गर्दछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.