Sahid-hifajat-miya-family

हुलाकी न्यूज, कलैया २८ माघ । मधेश आन्दोलनका सहिद हिफाजत मियाँकी छोरीको उपचारको जिम्मा संघीय समाजवादी फोरम नेपालले लिएको छ ।

विहीबार सदिह मियाँको परिवारसँग भेट्दै फोरम अध्यक्ष उपेन्द्र यादवले हातखुट्टा नचल्ने मियाँकी जेठी छोरीको उपचार गराईदिने बताएका छन् ।

सहिद हिफाजत मियाँको दुईटा बच्चा रहेको छ । करिब दुई वर्षकी उनको जेठी छोरीको हातखुट्टा चल्दैन । मियाँको मृत्यु पश्चात केही महिना अघि भएको अर्को बच्चा पनि विरामी हुँदै आएको छ ।

कलैयास्थित सहिद मियाँको घरमा गएका अध्यक्ष यादवले जेठी छोरीको उपचार काठमाडौंमा गराईदिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.