cricket
हुलाकी न्यूज, भैरहवा, २८ माघ । शान्ति र सद्भावका लागि मधेशका ७ शहरमा मैत्रीपूर्ण टी ट्वाण्टि क्रिकेट हुने भएको छ । विभिन्न कारणले नेपालको शान्ति सद्भाव कमजोर भएको भन्दै शान्ति र सद्भावका लागि मैत्रिपूर्ण क्रिकेट आयोजना गर्न लागिएको हो ।

सद्भाव वर्ष २०१६ को अवसरमा सद्भावका लागि ट्वाण्टि ट्वाण्टि क्रिकेट खेलाँै भन्ने नाराका साथ ग्लोबल पिस फाउण्डेशन नेपाल, संयुक्त युवा तथा विद्यार्थी मञ्च, टुर डे लुम्बीनी पेडल फर पिस र लुम्बीनी वल्र्ड पिस फोरमको संयुक्त आयोजनामा खेलहरु हुनेछन् ।

मधेशका शहरहरु जनकपुर, विरगञ्ज, विराटनगर, भैरहवा, राजविराज, नेपालगञ्ज र टिकापुरमा मैत्रिपूर्ण टि ट्वाण्टि क्रिकेट आयोजना हुने कार्यक्रमका केन्दि«य संयोजक तथा बुम रेमिट्यान्स प्रालिका प्रबन्धक धिरेन्द्र पन्तले जानकारी दिए ।

खेलहरु आगामी चैत्र ८ गत्तेदेखि १८ गत्तेसम्म सञ्चालन हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
सद्भावका लागि हुने अन्य कार्यक्रमहरुमा लुम्बीनी आर्ट क्याम्प २०१६, फोटो प्रदर्शनी, अन्य सांस्कृतिक कार्यक्रम, देशव्यापी रुपमा मधेश र पहाडका युवाहरुबीच विचार तथा संवाद आदानप्रदान आदि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.