हुलाकी न्यूज, राजविराज २८ माघ । मधेशवादी अन्य दलका नेताहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका दिवंगत सभापति सुशील कोइरालाप्रति शोक व्यक्त गरे पनि नेपाल सद्भावना पार्टी(गजेन्द्रवादी)ले शोक व्यक्त गरेन ।
गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले कोइरालालाई कुन रुपमा चित्रण गरेर शोक व्यक्त गर्नेमा दुविधा रहेकोले नगरिएको बताए ।
अध्यक्ष तिवारीले हुलाकी न्यूगसँग भने,‘कोइराला नेतृत्वको सरकारले मधेशीहरुलाई मार्दा कोइरालाले एक थोपा आँशु झार्नु त परै जाओस् उनले शोकसमेत व्यक्त गरेनन् ।’
लोकतन्त्रमा जनता सर्वोपरी रहेको बताउँदै तिवारीले भने,‘कोइरालाले मधेश आन्दोलनमा मधेशी मारिदा कुनै सहिद परिवारलाई भेटेनन् । सत्तामा बसेर सत्ताको रस्ववादन गरे । मधेशीहरु भटाभट मारिदै गए । आज उनै नाजीवादी कोइरालाप्रति केही मधेशीहरुले शोक व्यक्त गर्दा र उनको गुनगान गर्दा मलाई लाज लाग्ने गरेको छ ।’
तिवारीले आफ्नो फेसबुकमा लेखेका छन्,‘ नस्लवादी, नाजीवादी कोइराला लिखु , की संसार के अत्यंत अलोकतांत्रिक और नस्लवादी संविधान बनाने वाले शुशील कोइराला की, राजीव राउत सहित के करीब दो दर्जन मधेशियो को मार कर भी संविधान घोषणा करने वाले वीर गोर्खाली कोइराला लिखु ? नेपाली संचार माध्यम में कोइराला के श्रद्धांजलि का समाचार सुनता हूँ तो मुझे चिखते चिल्लातें नन्हें वालको और माता पीता एवं वहनों की यादें सताने लगते है जो अपनों को खोया है । साथ ही मुझे शहीद राजीव राउत के वह चिखते नन्हे वालक का याद आने लगता है जो अग्नि देते समय रो रहा होता है । जिसको मैंने अपने आंखों से देखा हूँ । और, शहीद वीरेंद्र राम याद आने लगता है जिसको मैंने अपने आंखों से मरते हुए अर्थात वीरगति को प्राप्त करते देखा हूँ ।’



