Foodbal-jaleswar
रंजन भण्डारी, जलेश्वर २८ माघ । जलेश्वर रंगशालामा बुधबार भएको जिल्ला स्तरीय लिग फुटवलको फाईनल खेलमा गोल नै नगरी एक टिमले उपाधि हात पारेको छ । मदनपटटीको न्यु जेनेरेसन युवा क्लवले उपाधि जितेको हो ।

खेलको पहिलो हाफ मै रेफ्रीले हात्तीलेटका एक खेलाडीलाई पहेलो कार्ड देखाउँदा हात्तिलेट टिमले रेफ्रीको विरोध गर्दै खेल बहिस्कार गरेकोमा निर्णायक टोलीले मदनपटटीलाई विजेता घोषित गरेको थियो ।

खेल समापन पश्चात जिल्ला फुटवल संघ महोत्तरीका अध्यक्ष प्रल्हाद साहले राष्ट्रिय टोलीका खेलाडी जलेश्वर निवासी रविन श्रेष्ठलाई सम्मानसमेत गरेका छन् । बंगबंधु कप जितेर विश्वमै देश र जन्मथलोको नाम उच्च गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.