Karmachari

हुलाकी न्यूज, काठमाडौं २८ माघ । नेपाल टेलिकम कर्मचारी यूनियनको सिमरामा भएको अधिवेशनबाट राजकुमार मेहताको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

सिमरामा तीन दिनसम्म चलेको अधिवेशनका प्रमुख अतिथि थिए नयाँ सशक्तिका संयोजक डा.बाबुराम भट्टराई ।

Rajkumar-mehata
राजकुमार मेहता

नवनिर्वाचित अध्यक्ष मेहताले हुलाकी न्यूजसँग कुराकानी गर्दै आफ्नो कार्यकाल कर्मचारीहरुको हकहितका लागि तथा व्यवसायिक सेवाका लागि सर्मित रहने बताए ।

मेहताको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र लाल जोशी, उपाध्यक्षमा रामशरण कार्की, उपाध्यक्षमा भगवती खनाल रहेका छन् ।

त्यस्तै महासचिवमा धीरेन्द्र प्र. दत, कोषाध्यक्षमा संजीव साह, उपमहासचिवमा हरी कृष्ण श्रेष्ठ, सह कोषाध्यक्ष रीतेश कुमार गुप्ता रहेका छन् । त्यस्तै सचिवमा संतोष कु.परियार र केन्द्रीय सदस्यहरुमा अंशु पराजुली, पूर्ण कृष्ण श्रेष्ठ, टेक बहादुर भंडारी, बद्री लाल श्रेष्ठ बुधन शाह र नारायण ब.सुबेदी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.