हुलाकी न्यूज, राजविराज, २७ माघ । संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले आन्दोलनलाई नयाँ ढंगले निर्णायक संघर्षमा विकास गर्नका लागि भन्दै २० बुँदे संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

समितिले फागुन १ गतेदेखि चैत्र २१ गतेसम्म विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरु गर्ने घोषणा गरेको छ । समितिद्वारा बुधबार राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका संयोजक मातृका यादवले सत्ता र भत्तामुखी दलहरुले आन्दोलनलाई बेच्नुका साथै बर्बाद गरेको आरोप पनि लगाएका छन् ।

‘प्रलोभनमा परी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रतिक्रियावादी शासकहरुको मिलोमतोमा अघोषित रुपमा कमजोर बनाएको र आन्दोलनमा सहभागी अरु मोर्चाहरुसँग सल्लाहै नगरी २५ गतेदेखि घोषित रुपमा आन्दोलन फिर्ता लिई शहीदहरुको अपमान गरेको र उत्पीडित मधेशी जनसमुदायलाई धोका दिएको आन्दोलन समितिले आरोप लगाएको छ ।

matrika yadav pr (2)

1 COMMENT

  1. बिल्कुल ठिक कुरा हो। मधेशी को नाम मा राजनिती गर्ने सत्ता का दलाल हुन प्रस्ट भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.