
रंजन भण्डारी, जलेश्वर, २७ माघ । जिल्ला फुटबल संघको आयोजनामा महोत्तरीमा भइरहेको जिल्ला स्तरिय लिग फुटवल प्रतियोगिताको सेमिफाईनल खेलमा मदनपट्टी ८ को न्यु जेनेरेसन युवा क्लवले ३ विरुद्ध ५ गोल गर्दै शुक्रवार हुने फाईनल खेलमा प्रवेश पाएको छ ।
जलेश्वर ११ र मदनपट्टी बिच मंगलबार भएको खेलको दोस्रो हाफमा दुवै टिमले पेनाल्टीमा एक एक गोल गरि खेल बरावरीमा राखेका थिए । तत्पश्चात् थप समय दिँदा समेत दुवै टिमले गोल गर्न नसकेपछि पेनाल्टी शुटआउटमा जलेश्वर ११ ले २ गोल ग¥यो भने मदनपट्टीले ४ गोल गरेर फाईलनमा प्रवेश पायो ।
फाईनल खेल शुक्रवार हात्तिलेट वेंगावाडी र मदनपट्टी बिच हुने छ । उक्त खेलको शोभा वढाउन राष्ट्रिय टोलीका रविन श्रेष्ठ समेत उपस्थित रहेका थिए ।



