
हुलाकी न्यूज, जलेश्वर, २७ माघ । महोत्तरीको जलेश्वर एक जनाले आत्महत्या गरेका छन् ।
जिल्ला विकास कार्यालयमा कार्यरत सवारी चालकले जलेश्वर वडा नं. २ स्थित सभापति निवासमा मंगलवार घरमा कोहि नभएको मौका छोपी नाईलनको डोरी सिलिंगमा बांधी पासो लगाई आत्महत्या गरेका हुन् ।
नैन्ही १ सुरियाही वस्ने शिवकान्त झा का छोरा सुवोध नारायण झा ले पासो लगाई आत्महत्या गरेका हुन् ।
हाल शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल लगिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



