
अर्कना खातुन, झारखण्ड, २७ माघ । अव नेत्रहिनहरुले पनि कुरान पढ्न पाउने भएका छन् । यसलाई साकार गरेकी छन् एक नेत्रहिन महिलाले ।
हिम्मत गरे जे पनि गर्न सकिन्छ भन्ने कुरालाई सिद्ध गरेकी छिन् भारत झारखण्डकी एक नेत्रहिन महिलाले । भारतको झारखण्ड शहरकी एक नेत्रहीन महिला नफीस तरीनले सरवत्र कुरानको उज्यालो फैलाउन ब्रेलमा कुरान लेखेकी छन् ।
नफीस झारखण्डको एक स्कूल टीचर हुन् । आफ्नो जिन्दगीको अन्ध्यारोबाट लड्दै गरेकी नफीसले अरु नेत्रहीनहरुको जिन्दगीमा उज्यालो फैलाउने कोसिस गरेकी छिन् ।
बोकारोको एउटा स्कूलमा हिन्दी पढाउने नफीसले मिहिनेत गरेर अढाइ वर्षमा ९६५ पानाको ब्रेलमा कुरान लेख्न सकेकी छिन् ।
नफीसलाई कुरान पढ्ने इच्छा हुन्दाहुँदै नेत्रहीन भएको कारण कुरान पढ्न गाह्रो भएकोले आफु जस्तै नेत्रहीनहरुका लागि भनेर उनले ब्रलेमा हिन्दीमा कुरान लेखिन् ।

उनको पिता मुख्तार असलमले छोरीलाई इन्टरमिडियट पढाउन बनारसको जीवन ज्योति विद्यालयमा पठाउनु भएको थियो । उनको पिता बोकारोमै स्टील प्लान्टमा काम गर्नु हन्छ ।
त्यसपछि नफीसले बीएड गरिन् । र दिल्लीको एउटा संस्थाबाट कम्प्यूटर साइन्समा डिप्लोमा पनि गरिन् । बीएड सकाए पछि बोकारोमै एउटा हाई स्कूलमा सामान्य बच्चाहरुलाई हिन्दी पढाउन थालिन् ।
बीएडको पढाई पछि नै नफीसलाई कुरान पढ्न इच्छा जाग्यो तर नेत्रहीन भएको कारण कुनै हाफिजले उनलाई पढाउन मानेन् । तर कोसिस गर्नेको हार कहिल्यै हुन्न् भन्ने कुरालाई साबित गरिन ।
मोहम्मद तस्लीम नाम गरेका एक हाफिजले उनलाई कुरान पढाउन तयार भए । र उनकै मद्दत र मिहिनेतले नफीसले ब्रेलमा हिन्दी भाषामा कुरान लेख्न शुरु गरिन् ।
सन् २००५ बाट शुरु गरेकी नफीसले सन् २००८ मा पूरा गर्न सफल भइन । त्यसपछि भएका केहि गल्तिहरुलाई सच्याउन केहि समय पनि लाग्यो ।
नफीसले भनिन्, ‘बुवाको प्रेरणा, भाइहरुको प्रोत्साहन र हाफिजजीको मिहिनेत, आशिर्वादले गर्दा आज यो सुखद सौभाग्य प्राप्त भएको छ ।’
उनले थपिन ‘प्रोत्साहनले गर्दा आज म याँहा सम्म पुगे । तर, धेरैले मलाई नेत्रहीन भएकै कारण सक्दैन भनेर प्रोत्साहन पनि गरेनन् । म नाम कमाउन या सम्मान पाउनको लागि गरेकै होइन उनले भनिन् ।’
नफीसले बताइन, ‘ब्रेलमा लेखिएको कुरान प्रकाशित गर्ने योजना पनि रहेको छ । यसको लागि मद्दतको प्रतिक्षामा छु । यदि कुनै व्यक्ति वा संस्थाले मद्दत गरे ब्रेलमा लेखिएका कुरान अरु धेरै माझ पुर्याउन सकिन्थ्यो ।’
तर यदि कसैले मद्दत नगरे तापनि आफैले भएपनि प्रकाशित गर्ने सोच राखेकी छु ।
पछिलो वर्ष ईन्दौरको एक महिलाले पनि ब्रेलमा कुरान लेखेकि थिइन्, तर नफीसको भाई गौस उल आजमले भने नफीस भारतकै प्रथम महिला हुन जस्ले ब्रेलमा कुरान लेखिन् ।
नफीसको बुवा मुख्तारले बताए ‘छोरीले कुरान लेखे पछि नजिककै मदर्शा र मस्जिदका मौल्वि, मौलानाहरुले आ आफ्नो ढंगले नफीससँग कुरान पढाएर पुष्टि पनि गरे ।’
बोकरोकै स्टील सिटीका मौल्वि मुफती मुहम्मद मैसूर अनवरले भने, ‘आँखा भएकाहरुले जुन काम गर्न सकेका छैनन् त्यो काम नफीसले गरि देखाएकी छिन् । यो कार्य साचिकै काबीले तारीफ छ उनले थपे । उनले भने, मैले नफीससँग पढाएर पुष्टि गरे, साचिकै धेरै राम्रो काम गरेकि छिन् । राम्रो लेखेकि कारण समाजले पनि खुसि साथ स्वीकार गर्यो । सबैले दुवा, आषिश पनि दिए नफीसलाई ।’
आत्मविश्वासले भरीएकी नफीसलाई अब मात्र प्रतिक्षा छ, एउटा मद्दत गर्ने व्यक्तिको, जस्ले ब्रेलमा लेखिएको कुरानको प्रकाशनमा मद्दत गर्न सकोस र नफीसको योजनालाई साकार पार्न सकोस । एजेन्सीको सहयोगमा



