हुलाकी न्यूज, काठमाडौं २४ भदौ । विहीबार बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बैठकले नाकाबन्दी कडा पार्दै बाटो घाटो पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

भैरहवामा भएको मोर्चाको बैठकले सरकारी कार्यालय पूर्णरुपमा ठप्प गर्ने तथा गाउँस्तरमा रहेका कार्यालयहरु पनि बन्द गराउने निर्णय गरेको हो ।

त्यस्तै आन्दोलनलाई सशक्त पार्न आन्दोलनमा रहेका अन्य समूहहरुसँग पनि सहकार्य गर्ने निर्णय गर्दै सरकारले वार्ताको सर्त पुरा नगरेसम्म वार्तामा नबस्ने निर्णय गरेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् ।

त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठकमा पुरानै अडानहरुका विषयमा छलफल भएको बताए । यादवले आन्दोलनलाई थप शसक्त बनाउन कार्यक्रमहरु तय गरिएको जनाए ।

बैठकमा मोर्चामा सहभागी सबै दलका अध्यक्षहरु उपस्थित रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.