cancer-hospital-nepalgunj
हुलाकी न्यूज, नेपालगंज २७ माघ ।
बाँकेको खजुरास्थित निर्माणाधीन नेपाल क्यान्सर अस्पताल बैशाखदेखि सुचारु हुने भएको छ । अस्पतालले वैशाखदेखि ओपिडी र डे केयर सेवा सुरु गर्ने भएको छ ।

करिब ७२ करोडमा निर्माण पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको क्यान्सर अस्पतालमा सरकारले २७ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । अस्पतालमा सर्वसाधारणको पाँच करोड लगानी अस्पताल सर्वसाधारणको प्रत्यक्ष संलग्नतामा निर्माण भइरहेको छ ।

अस्पतालमा सर्वसाधारणले पाँच करोड लगानी गरेका छन् । अस्पतालका अध्यक्ष किस्मतकुमार कक्षपतिले ओपिडी र डे केयर सेवाका सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको बताए । ‘ओपिडी र डे केयर सेवाका लागि तयारी पूरा भएको छ,’ अध्यक्ष कक्षपतिले भने । प्राविधिक काम पूरा कक्षपतिका अनुसार लिफ्ट, ग्यास पाइपलाइन जडान, वाटर ट्रिटमेन्ट, एसी जडान र आइटीको काम पूरा भइसकेको छ । उनका अनुसार सेमिअन्डरग्राउन्ड र फायर फाइटिङको काम जारी छ । ‘सेकाउनका लागि चितवन जाने यस क्षेत्रका क्यान्सरपीडितको बाध्यता वैशाखदेखि हट्नेछ,’ अध्यक्ष कक्षपतिले भने । उनले डायलासिस भवन निर्माणसमेत अन्तिम चरणमा पुगेको जानकारी दिए ।

प्रत्येक क्याबिनमा एसीको व्यवस्था गर्ने उनले बताए । सरकारी नीतिअनुसार अस्पताल सञ्चालन अस्पताल सञ्चालक समितिले सरकारी नीतिअनुसार अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । ‘क्यान्सरपीडितको निशुल्क उपचार गर्ने सरकारी नीतिभित्रै रहेर सेवा दिइनेछ,’ उनले भने । प्रखर परोपकार मिसन नेपाल विशुद्ध गैरनाफामूलक संस्था भएकाले नाफा कमाउने उद्देश्य नरहेको कक्षपतिले स्पष्ट पारेको आजको नयाँ पत्रिकामा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.