
रंजन भण्डारी, जलेश्वर, २६ माघ । महोत्तरीको भटौलिया २ निवासी रविन्द्र महासेठको ८ वर्षिय छोरा जेनिसको हत्यामा संलग्न ३ जनालाई पुर्पक्षको लागि जलेश्वर कारागारमा पठाईएको छ ।
महोत्तरी प्रहरीले अनुसन्धान पुरा गरि आरोपीहरु भटौलिया ३ का १८ वर्षीय ‘गोला’ भनिने अनिस कुमार साह, वडा नं. २ वस्ने २१ वर्षीय सुधिर कुमार साह र वडा नं. १ वस्ने १८ वर्षीय ‘सुुखरा’ भनिने साविर अन्सारीलाई अदालतमा पेश गरेकोमा सोमवार वहस पछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो ।
जेनिसलाई पुष २६ गते साँझ अपहरण गरि सोहि दिन गा.वि.स. एकडारावेला वडा न. ७ स्थित गँहु खेतमा लगी घाँटी थिची मारिएको थियो ।



