
हुलाकी न्यूज, वीरगंज, २६ माघ । संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साको आज विरगञ्जमा बैठक सम्पन्न भएको छ । गठबन्धनका संयोजक ईश्वर यादवको सभापतित्वमा सम्पन्न बैठकले ६ बुंदे निर्णय गरेको छ ।
बैठकले आफ्नो प्रतिबद्धता अनुरुप मधेस आन्दोलन सफल नभएसम्म आन्दोलन जारी राख्ने ,गठबन्धनका केन्द्रिय नेतृत्वहरु संग जारी मधेस आन्दोलन सम्बन्धनमा अन्तरक्रिया एवं समिक्षा गर्ने ,पर्सा जिल्लाको प्रमुख चोकहरुमा सभा गर्ने , गठबन्धनका केन्द्रिय नेतृत्वलाई एउटै पार्टी निर्माण गर्ने सन्दर्भमा दवाव दिने,युवा गठबन्धनको संगठन बिस्तार गर्ने,जारी मधेस आन्दोलनका वीर शहिद एवं घाइतेहरुका लागि आफ्नो तर्फबाट एवं अन्य संग समन्वय गरी सहयोग गर्ने र गराउने , युवा गठबन्धनका नेताहरुलाई जिम्मेवारी बाँड्फाँड गर्नुकोे साथै २५ सदस्यीय जिल्ला समिती समेत बैठकले सर्वसम्मत निर्णय गरेको गठबन्धनका संयोजक यादवले बताए ।
गठबन्धनको पर्सा जिल्ला सह संयोजकमा धर्मेन्द्र पटेल,सचिव रोशन कुमार, कोषाध्यक्ष कौशल यादव,प्रवक्ता कृष्णा पटेल,सह कोषाध्यक्ष मुना सोनी, सह सचिव रमेश सहनी, सल्लाहकारहरुमा ओमप्रकास सर्राफ लगायत रहेका छन् ।



