
हुलाकी न्यूज, भैरहवा, २६ माघ । झण्डै ६ महिना देखि रुपन्देहीको भैरहवा नगरमा लगाइएको निषेधाज्ञा सोमबार साँझबाट हटाइएको छ ।
माघ २५ गते साँझबाट भैरहवा नगरमा लगाएको निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जानकारी दिए ।
जिल्लाको सुरक्षा स्थिती समिक्षा गर्दा भैरहवामा नगरमा लगाइएको निषेधाज्ञाको कायम राख्न आवश्यक नदेखिएको कारण सोमबार साँझ ७ बजेबाट हटाइएको ढकालले बताए ।
गएको भदौ ३ गते रुपन्देहीको बेलहियामा आन्दोलनकारी, स्थानीय र प्रहरीबिच भएको झडपपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थितीलाई नियन्त्रणमा लिन २ दिन कफ्र्यु लगाएर भदौ ५ गतेबाट भैरहवा नगरमा निषेधाज्ञा लगाएको थियो ।



