हुलाकी न्यूज, जनकपुर, २६ माघ । जनकपुरमा एक व्यक्तिले घरायसी विवादका कारण आफ्नो भाइको हत्या गरेका छन् । परिवारमा विवाद हुँदा जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका ३५ वर्षीय सुरेन्द्र राउतले आफ्नो ठूलो बुबाको छोरा नवल राउतको सोमबार राति हत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।

सुरेन्द्रले नवलको छातीमा रड प्रहार गरी हत्या गरेको बताइएको छ ।
वडा प्रहरी कार्यालय मुजैलियाका इन्चार्ज विन्देश्वर साहले बताएअनुसार नवलको छातीमा सुरेन्द्रले पाँच फिटको रडले हानेकाले घटनास्थलमै ज्यान गएको हो ।

घटना लगतै गएरातिदेखि सुरेन्द्र फरार छन् ।
प्रहरीले सुरेन्द्रका बुबा भोला र भाइ हरिशंकर तथा उनकी आमा सुनितालाई पक्राउ गरेको छ । नवलको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.