
हुलाकी न्यूज, काठमाडौं २६ माघ । पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालाको अत्येष्टीमा भारतीय विदेश मन्त्री शुष्मा स्वराज नेपाल आउने भएकी छन् ।
नेपालका शान्तिमन्त्री एकनाथ ढकालले सञ्चारमाध्यमहरुलाई दिएको जनकारी अनुसार बुधबार हुने कोइरालाको अन्त्येष्टीमा सहभागी हुन स्वराज नेपाल आउने छिन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ बुधबार कोइरालाको अन्त्येष्टी गरिने निर्णय गरेको छ ।



