
हुलाकी न्यूज, काठमाडौं २५ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनले सोमबार आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
मोर्चाका अध्यक्षहरुको बैठकमा विवाद भएपनि मोर्चाले सोमबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जनतामा आन्दोलनप्रति नैरास्यता पैदा भएकोले तत्काल आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको मोर्चाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।
यता मधेशी मोर्चाले आन्दोलन तुहाएको भन्दै मधेशी गठबन्धनले पनि आन्दोलनको घोषणा गरेको छ । सोमबार नेपाल सदभावना पार्टीको कार्यालयमा बसेको गठबन्धनको बैठकबाट आन्दोलनका कार्यक्रम घोषणा भएको हो ।
मधेशी मोर्चाको आन्दोलनका कार्यक्रम
१) माघ २९ गते जिल्ला सदरमुकामहरुमा मसाल जुलुस प्रदर्शन
२) फागुन ५ गते जिल्ला सदरमुकामहरुमा लाठी जुलुस प्रदर्शन
३) फागुन ७ गते जिल्ला सदरमुकामहरुमा विरोध सभा र हस्ताक्षर अभियान
४) अन्य कार्यक्रमहरु जिल्ला स्तरीय मोर्चा वा घटकहरुले सञ्चालन गर्ने
मधेशी गठबन्धनको कार्यक्रम
१) माघ २८ गते सम्पूर्ण जिल्लामा मैनबती जुलुस
२) फागुन ३ गते काठमाडौंसहित मधेशमा अन्तरक्रिया
कभर : फाईल फोटो



