
हुलाकी न्यूज, काठमाडौं २५ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका अध्यक्षहरुको बैठक विनानिष्कर्ष सकिएको छ ।
सोमबार तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवास सानोठिमी भक्तपुरमा भएको बैठकमा मोर्चाका नेताहरुले आ–आफ्ना कुरा राखेका थिए ।
पछिल्लो समय मोर्चाका घटकहरुबीच देखिएको विवादका बारे पनि छलफल भएको थियो । छलफलका क्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतोबीच चर्काचर्कीसमेत भएको थियो ।
बैठकमा अध्यक्ष यादवले महतोको पछिल्लो भनाईका कारण जनतामा निरासा छाएको आरोप लगाएका थिए ।
यता अध्यक्ष महतोले उपेन्द्र यादव मधेश आन्दोलनलाई कमजोर पार्नमा लागेको र मधेशी मोर्चालाई शक्तिशाली बनाउनुभन्दा पनि आन्दोलनको आडमा पार्टी विस्तारमा लागेको अरोप लगाए ।
आ–आफ्नो जिम्माको नाका बन्द गरेर देखाउन महतोको चेतावनी
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चाका घटक दलहरुलाई आ–आफ्नो जिम्माका नाकाहरु बन्द गरेर देखाउन चेतावनी दिएका छन् । मोर्चाको बैठकमा महतोले उक्त चेतावनी दिएको हो ।
बैठक पछि हुलाकी न्यूजसँगको कुराकानीमा अध्यक्ष महतोले बैठकमा सबै अध्यक्षहरुले आ–आफ्नो कुरा राखेको बताए ।
महतोले भने,‘हाम्रो पार्टीको जिम्मा रहेको बीरगञ्ज नाका हामीले बन्द गरेर देखायौं तर अन्य पार्टीको जिम्मामा रहेका कुनै पनि नाका बन्द भएन । बीरगञ्ज नाका मात्रै बन्द गर्दा त्यहाँका जनताहरु निरास भएका थिए । मैले बैठकमा भने मोर्चाका सबै घटकले आ–आफ्नो जिम्माको नाका बन्द गर्नुस् । आन्दोलन आफै अगाडि बढ्नेछ ।’
महतोका अनुसार आफु एक्लै मधेशमा आन्दोलन गरेर बसेको तर मोर्चाका अन्य नेताहरु काठमाडौंमा पार्टी विस्तारमा लागेकोले आन्दोलनकारीहरु निरास भएका छन् । महतोले भने,‘अहिले पनि म आन्दोलन मै छु । आँखा चेक गराउन काठमाडौं आएको हुँ तर अन्य नेताहरु सरकारी चियाविस्कुट खानमा लागेका छन् । त्यही भएर जनता निरास छन्, म उनीहरुलाई पुनः आन्दोलनमा आउन आह्वान गर्दछु ।’




Aaha Sab ke jaite he fut , election me futli , mantri ban ke lel phutli , akhan madhesi Janta ke marba k phir fuit rahal 6i , jaike Karan phir aha Sab ke madhesh ke janta biswash nai kart. Taiduware hamar aagrah hai milkar kar kam karu, ohi mai sakti hai aur jeet vi . Aur chetabni bhi ,agar aaha sab mil k kam nai karb t hum sab aab aaha sab ke samaj s bahiskar aur samaj mai pardafas karab