jnp bus

हुलाकी न्यूज, सिरहा २४ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको बन्दका कारण साउन ३० गतेदेखि ठप्प रहेको सिरहाका यातायातका साधन आइतबारदेखि सञ्चालनमा आएका छन् ।

सगरमाथा यातायात व्यवसायी संघ सिरहाले औपचारिक रुपमा सवारीसाधन सिरहा जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको संघका सदस्य मोहम्मद सलिम राइनले बताए । संघका सदस्य राइनले आफूहरुले मोर्चाका नेताहरुलाई पटक पटक बोलाएर जिल्लामा यातायातका साधन सञ्चालन गर्न आग्रह गरिरहँदा पनि २÷४ दिन पर्खिनु भन्दै आल्टाल गरेको अवस्थामा अझै पर्खिन नसकेर आफूहरुले मोर्चाको सहमति बिना नै यातायात सञ्चालन गरेको बताए ।

साँढे पाँच महिनापछि सिरहामा यातायात चलेको हो । मधेशका अन्य जिल्लाहरुमा भने यसअघि नै यातायातका साधन सञ्चालन भइसकेका छन् ।

(File Photo)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.