dr-rambaran-yadav

हुलाकी न्यूज, नयाँ दिल्ली, माघ २४ । भारत भ्रमणमा रहेका नेपालका पुर्व राष्ट्रपति डा. रामवरण यादवले केही दिन अझै दिल्लीमै रहने जनाएका छन् ।

शनीबार उनले भारतीय पुर्व प्रधानमन्त्री स्वर्गीय चन्द्रशेखरको सम्झनामा चन्द्रशेखर भवनमा रहेको उनको फोटोमा माल्यार्पण गरेका छन । कुनै राजनीतिक भ्रमणमा नभई भेटघाटको सिलसिलामा केहि समय आफू दिल्लीमा रहने पूर्व राष्ट्रपति यादवले जानकारी गराएका छन् ।

भारती ट्रष्टले दिल्लीमा आयोजना गरेको उक्त भेटघाट कार्यक्रममा भारतका लागी नेपाली राजदुत दीपकुमार उपाध्याय , विभिन्न भारतीय राजनैतिक दलका व्यक्ती , पत्रकार , वकिल ,समाजसेवी , आदिको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा चन्द्रशेखरको सम्झना गर्दै उनले नेपाली राजनितीमा गरेको सहयोग कहिले पनि भुल्न नसकिने राजदुत उपाध्यायले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.