
हुलाकी न्यूज, जनकपुरधाम २४ माघ । नेपाली काँग्रेस धनुषाका नेता राजेन्द्रप्रसाद यादवको हत्याको अनुसन्धान सिआईबीले गर्दैछ । आइतबार धनुषा पुगेको सिआईबी टोलीले अनुसन्धान सरु गरेको छ ।
गोली प्रहार गर्ने समूहको पहिचान हुन सकेको प्रहरीले जनाएका छन् । तर नेता यादवको हत्याको जिम्मेबारी एक भूमिगत समूहले लिएको छ ।
स्थानिय प्रहरीले अनुसन्धान गरिरहे पनि घटनाको प्रकृति गम्भीर देखिएकाले अनुसन्धानको जिम्मा सिआइवीले लिएको जनाइएको छ । नेपाली काँग्रेसले उक्त घटनाको अनुसन्धान गर्न सरकारलाई दबाब दिएपछि सिआईबी खटिएको स्थानीय नेताहरुले जनाएका छन् ।
स्थानीय कांग्रेस नेता यादवको शुक्रबार राति अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो भने शनिबार अज्ञात समूहले हानेको गोली लागेर काँग्रेस कार्यकर्ता नसिम राई घाइते भएका छन् ।



