
डा.राकेश यादव
क्रमस :
मधेशले के चाहेको छ ?
संबिधानसभाबाट बन्ने संबिधानसंग सबैभन्दा धेरै अपेक्षा कसैको थियो भने त्यो मधेशी–थारु–जनजातीको थियो । बर्षौदेखिको उत्पीडन र उपेक्षाबाट पार पाउने गरि संबिधानमा हकअधिकारको सुनिश्चित होला ठानेका थिए तर जारी भएको संविधानले त समस्याहरुलाई झन् संथागत गर्नेतिर उन्मुख रहेको देखियो । मधेशले आफुलाई अन्यय नेपाली नागरिक सरहको हकअधिकार चाहेका छन्, आफ्नो पहिचान रक्षाको सुनिश्चित चाहेका छन् ।
राज्यको हरेक संरचनामा आफ्नो न्यायोचित उपस्थिति चाहेका छन् । राज्यप्रति बिस्लेष्क सीके लालको शब्दमा भन्ने हो भने ममत्व हुने ब्यबस्था चाहेका छन् । अक्षुण नेपालभित्र सम्मानजनक मधेश चाहेका छन् ।
उनले यसो भनिरहँदा म फुरुंग भए । हुन् पनि उनले ठिकै भनिरहेका थिए । उनले गुनगुनाएको गीत ‘जागु जागु यौउ भैया मधेशी, खस शासक भुझैय बिदेशी…’को कुरा गरौँ । यस गीतको मर्मलाई केलाउने हो भने यसले दुई वोटा निकै महत्वपूर्ण संदेश बोकेको छ । गीतले भन्छ ‘जाग जाग हे मधेशी दाजुभाईहरु, खस शासकले त हामीलाई बिदेशी पो ठान्दैछन..’ पहिलो, खस ‘शासक’ को कुरा गरेको छ न कि कुनै समुदाय को ।
अर्थात् मधेशको संघर्ष र गुनासो आदि शासक र सरकारसंग छ कुनै समुदायसँग होइन । तसर्थ, जसरी मधेश आन्दोलनलाई पहाडी बिरुद्ध रहेको भनेर प्रचारबाजी गर्छन् त्यो कुरा कपोकल्पित दुष्प्रचार मात्र हो भनेर यसले पुष्टि गरिदिएको छ ।

दोश्रो, गीतले भान्छ, हामीलाई बिदेशी पो ठान्दैछन, अर्थात, मधेशीले आफुलाई बिदेशी भनेको सुईकार गर्न चाहदैन । मधेशीले यहि सार्वभौम नेपालमा आफ्नो पहिचान खोजेका छन् । चन्द्र–सुर्य अंकित दुई त्रिकुनात्मक झण्डा मुनी नै आफुलाई अधिकार सम्पन्नरूपमा देख्न चाहेका छन् । यसले, मधेशीहरु बिखण्डन चाहन्छन्, बिखण्डनकारी हून भन्नेहरुको मुखमा जोडको झापड हानेको छ ।
मैले यो कुराहरु सोचि रह्दा अलिकति गम के खाको थिएं उनले भनिहाले,
डाक्टरसाब, महाभारत त मैलेभन्दा हजुरले ज्यदा हेर्नु–बुझ्नु भाको होला । पाण्डवहरुले पनि आफ्नो न्यायोचित हक–अधिकार नै मागेका थिए । ५ गाउँ मात्र भए पनि स्वीकारर्नेसम्म भनेका थिए । तर पुत्रमोहको जालमा परेका धृतराष्ट्रले पाण्डवहरुको कुरा सुन्न उचित ठानेनन् । कृष्णदेखि बिदुरसम्म, पितामह भिष्मदेखि आचार्य द्रोणसम्मले जति सुझाउंदा–बुझाउँदा नि धृतराष्ट्रले मानेनन् । अन्ततःयुध अपरिहार्य बन्यो ।
हाम्रो देशको अवस्था पनि अहिले महाभारत को जस्तै छ । धृतराष्ट्रहरु सरकारमा छन् । पाण्डवहरु मधेश–आन्दोलनमा अनि किशोर नेपाल, सीके लाल, खगेन्द्र संग्रौला, प्रदिप गिरी, युग पाठक, कृष्ण खनाल, सुन्दरमणि दीक्षित आदिहरुले मधेश समस्याको समाधान बारे सरकारलाई सुझाउँदै गरेको कुरालाई सरकारले त्यसरी नै बेवास्ता गर्दै छन् । जसरी धृतराष्ट्रले कृष्ण–बिदुरहरुको सुझाबको बेवास्ता गरेका थिए ।
आखिर किन यस्तो ? न त पाण्डवहरु धृतराष्ट्रका लागि बिराना थिए न त मधेश नेपालको लागि बिरानो हो । अनि किन अधिकार र सम्मान दिन आनाकानी ?
मधेश किन बिरानो ?
म अवाक भएँ । केहि भन्न नि आएन । अनयासै छाति भारी भएको जस्तो महसुस हुन थाल्यो ।
टिर्रिंग….! मोबाइलको अलार्म बज्यो । म अतालिदै ब्युझें । एकछिन त आफु कता कहाँ छु जस्तै भयो । म त आफ्नो ओछयानमा रैछु । बिहानको ७ बजेको रहेछ । सब सपना पो रहेछ । नाजिम खान मेरो सपनाको काल्पनिक पात्र मात्र रैछ ।
सधैं झैँ फेरीमा आफ्नो ड्युटी गएँ । तर खै किन हो ड्युटीमा पनि सपनाकै कुराहरु मनमा खेलिरह्यो । सबै कुराहरु ।
सपना मै सहि, चिया पसलमा भेटघाँट भएको नाजिम जीले सोधेको प्रश्नको जवाफ मसंग थिएन, अझै पनि छैन । आखिर मधेश किन बिरानो ?
लेखक : भैरहवामा चिकित्सा पेसामा छन् । कभर फोटो : अल्जजिरा



