
हुलाकी न्यूज, लहान २४ माघ । राजनीतिक विश्लेषक सीके लालले मधेशी–थारुहरुलाई अगाडि बढेर बोल्न सुझाव दिएका छन् । उनले नबोली केही नपाउने बताउँदै मधेशी–थारुलाई बोल्नु पर्ने बताए ।
लहानमा थारुहरुलाई प्रशिक्षण दिदै उनले केही नबोलिकन सबकुछ पाइने भ्रम थारु नेताहरुमा रहेको प्रष्ट पनि पारे । थारु कल्याणकारिणी सभाको केन्द्रीय प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा लालले भने,‘आफैँ नबोली केही कुरा पाइँदैन, तसर्थ बोल्नुपर्छ । थारूहरू बोल्ने स्वाभावका हुँदैन, उसको स्वाभाव अरूले बुझिदिओस् भन्ने हुन्छ । अहिले विभिन्न दलमा लागेका थारू नेताहरू यही भ्रममा छन् । तसर्थ उनीहरु अगुवा बन्ने प्रयास गर्नुपर्छ ।’
सशक्त र सशक्तताबारे थारुहरुलाई प्रशिक्षण दिँदै लालले भूगोल बुझ्न इतिहास बुझ्नुपर्ने, इतिहास बुझ्न समाज बुझ्नुपर्ने, समाज बुझ्न संस्कृति बुझ्नुपर्ने र यसले सशक्तता उत्पन्न गर्ने बताए ।
उनले गौतम बुद्धको भनाई उद्धृत गर्दै उनले असमानताले दुःख उत्पन्न गर्ने बताए । ‘गौतम बुद्धले २५०० वर्षअगाडि भन्नुभएको थियो,‘असमानताले दुःख उत्पन्न गर्छ, कलेश उत्पन्न गर्छ, विद्रोह उत्पन्न गर्छ । दुःखबाट बच्ने उपाय बुद्धले भन्नुभएको बुद्धम शरणम गच्छामी, धमम् शरणम गच्छामी,’ लाले भने, ‘बुद्ध भनेको संसार बुझ्न मान्छे हो, संसार बुझ्ने मान्छे हो । बुद्ध बन्नको लागि बुद्धिमानी मात्र हुँदैन । समाजलाई बुझेको हुनुपर्छ । मान्छे छुट्याउन सक्नुभएन भने संघ बन्दैन, शक्ति बन्दैन, शक्ति बन्दैन भन्ने सशक्त बन्दैन ।’
उनले संघ बन्नको लागि समानता चाहिने बताए । ‘प्रशिक्षण भेलामा सबै सँगै एकै ठाउँमा बसेको हुनाले यसरी यसले संघ निर्माण गर्छ, यसलाई म सम्मान तथा नमन गर्छु,’ उनले भने ।




Absolutely right!!