madhesi-protest-against-morcha-3
हुलाकी न्यूज, बीरगञ्ज २३ माघ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटक पार्टीहरुको झण्डा बोकेर आन्दोलनमा होमिएका युवाहरु शनिबार मोर्चाकै नेताहरुको पुतला दहन गरेका छन् । बीरगञ्जमा ती युवाहरुले मधेशी मोर्चाका नेताहरु तथा गैरमधेशवादी दलका नेताहरुको समेत पुतला दहन गरेका छन् ।

मधेश आन्दोलनलाई तुहाएको भन्दै मधेशी मोर्चाका नेताहरुको पुतला दहन गरिएको छ । घण्टाघर अगाडि पुतला दहन कार्यक्रममा बोल्ने अधिकांश युवाहरुले मधेशी मोर्चाका नेताहरुले आन्दोलन तुहाएको र मधेशी जनतालाई हत्या गराएको आरोप लगाएका छन् । उनीहरुले मधेशी नेताहरुले मधेशी जनताको हत्या गराएर आन्दोलनलाई अलपत्र पारेको अरोपसमेत लगाए ।

madhesi-protest-against-morcha-2
आक्रोसित युवाहरुले मोर्चा घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको पुतला दहन गरेको हो । युवाहरुले नेताहरुलाई मधेशी कसाईको संज्ञा दिएका छन् ।

त्यस्तै मधेशीको हत्या गरेको भन्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यष विजय कुमार गच्छदारको पनि पुतला दहन गरेका छन् । यी नेताहरुलाई राष्ट्रिय कसाईको संज्ञा दिइएको छ ।

madhesi-protest-against-morcha-3

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.