हुलाकी न्यूज, काठमाडौं, २४ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक अहिले भैरहवास्थित रेड सन रिसोर्टमा जारी छ । मोर्चाको बैठकमा अहिलेको मधेश आन्दोलन र तीन दलले वार्ताका लागि गरेको आह्वानका बारेमा छलफल भइरहेको बताइएको छ ।

यसका साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई विस्तृत गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ । छलफलबाट मधेशी मोर्चामा अन्य मधेशकेन्द्रित मधेश दललाई पनि ल्याउने बारे निर्णय लिने बुझिएको छ ।

बैठकमा आन्दोलनलाई झनै सशक्त र शान्तिपूर्ण बनाउने तथा सबै संघसंगठन र पेशाकर्मीलाई आन्दोलनमा आउन अपिल गर्ने बारेमा छलफल भइरहेको छ ।

आन्दोलनलाई थप प्रभावकारी बनाउन असहयोग आन्दोलन चलाउने, नाकाबन्दीलाई कडा गर्ने लगायतका विषयमा छलफल भइरहेको छ ।
बैठकमा सरकारले वार्ताका लागि गरेको आह्वान यथास्थितिमै स्विकार्न नसकिने धारणा आएको भएपनि अन्तिम निर्णय भने बैठक सकिएपछि मात्र आउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.