shoot-gun-murder


हुलाकी न्यूज, जनकपुरधाम २३ माघ ।
नेपाली काँग्रेस धनुषाका एक जना स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । धनुषाको बालाबाखर–४ वैरिया टोल घर भएका राजेन्द्रप्रसाद यादवलाई शुक्रबार राति करिब १० बजे अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।

करिब ४५ वर्षीय यादवको पेट, छाती र घाँटीमा तीन गोली लागेको छ । घटनास्थलमै रहेकी नेपाली काँग्रेसकी सांसद मोक्ताकुमारी यादवले केही व्यक्तिले घरबाट बाहिर बोलाई हत्या गरेको बताइन् । मृतक यादब सांसद यादवकै आफ्न्त हुन् ।

सांसद यादवको परिवारमा भतिजीको बिहेमा सहभागी हुन गएका बेला अज्ञात व्यक्तिले फोन गरी विवाह घरभन्दा बाहिर बोलाएको र बाहिर निस्केपछि गोली हानेर हत्या गरिएको सांसद यादवले बताइन् । उनको हत्या अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मृतक यादव नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।

शनिबार बिहान मृतक यादवको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

Update

यता गणेशमान चारनाथ नगरपालिका वडा ४ निवासी काँग्रेसका सक्रिय सदस्य नसिम राइनमाथी गोली प्रहार भएको छ । गोली लागि घाइते राइनको अहिले जनकपुर अंचल अस्पतालमा उपचार भैरहेको र थप उपचारका लागि धरान पठाउन लागेको स्थानीय पत्रकार रामएकवाल महराले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.