
हुलाकी न्यूज, जनकपुरधाम २२ माघ । शुक्रबार जनकपुरधामबाट अपहरणकारीको शैलीमा चार जना डाक्टरलाई पक्राउ गरिएकोप्रति परिवारजनले दुःख व्यक्त गरेका छन् ।
पक्राउ परेका डाक्टरहरुको परिवारजनले विना कुनै जानकारी वा नोटिस डाक्टरहरुलाई कार्यस्थलबाट पक्राउ गरिएको जनाएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंको टोलीले चार डाक्टरलाई पक्राउ गरि काठमाडौं लगेको छ । पक्राउ पर्नेमा डा.कल्याण विश्वास, डा.सन्तोष यादव, डा.भगवान सहनी र डा.शैलेन्द्रकुमार महतो रहेका छन् ।
उनीहरु जनकपुरका विभिन्न अस्पताल तथा क्लिनिकमा कार्यरत छन् ।
धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीका अनुसार अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक नेतृत्वको टोलीले केही बुझ्नु छ भन्दै उनीहरुलाई पक्राउ गरेर काठमाडौँ लगेको छ । उनीहरुको पक्राउको कारण बारे प्रहरीले खुलाएको छैन ।




It is a brutal action and the government has to repent for this. This will support swatanra Madhesh Andolan
Thik bhayo…they became doctor by using their duplicate certificates.