Rauthat-karagar

हुलाकी न्यूज, रौतहट २२ माघ । गौर कारागारको लापरवाहीले एक जना कैदीको ज्यान गयो । घटनाको एक महिना भइसक्दा पनि न त छानविन भएको छ न त पीडित परिवारले क्षतिपुर्ति नै पाएको छ ।

स्थानीय प्रशासनले कारागारकै लापरवाहीले कैदीको मृत्यु भएको स्वीकार गरिसकेको अवस्थामा पनि कारवाही प्रक्रिया अगाडि नबढे पछि मृतककी श्रीमती आमरण अनसन बस्ने घोषणा गरेकी छन् ।

रौतहट जिल्ला कारागारको लापरवाहीले श्रीमानको मृहत्यु भएको भन्दै मृतक कैदी शेख मोवारकको श्रीमती सगिरा खातुनले स्थानीय प्रशासनविरुद्ध आमरण अनसन बस्ने घोषणा गरेकी छिन् ।

कर्तव्य ज्यान मुद्दामा अदालतबाट तोकिएको सजाय भुक्तान गर्नको निमित कारागार बसेका शेख मुवारकको गत पुस १७ गते रातीमा उपचारको अभावको कारण मृत्यु भएको स्थानीय रौतहट अनलाईनले जनाएको छ ।

स्थानीय प्रसाशनले आफूसँग गरेको प्रतिबद्धता कार्यन्वयन नगरेको भन्दै स्थानीय गाउँ विकास समिति अकोलवा निवासी खातुनले कारागार कार्यालय अगाडि अनसन बस्ने जनाएकी छन् ।

पतिको शव बुझ्न इन्कार गरेपछि प्रमुख जिल्ला अधिकारी नरहरी बरालले घटनाको छानविन गरि दोषी कारागार प्रमुखमाथि कार्यवाही गरि क्षतिपूर्ति उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । तर घटनाको १ महिना वितिसक्दा पनि स्थानीय प्रसाशन र कारागार व्यवस्थापन विभाग मौन रहेका पीडित खातुनले जारी गरेको विज्ञाप्तिमा जनाइएको छ ।

कार्यवाहीको माग गर्दै दिइएको निवेदनमाथि हालसम्म कुनै सुनवाई नभएकोले न्यायको लागि आफ्नो जीवनको आहुति दिनसमेत तयार रहेको खातुनले विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।

पतिको मृत्यु पश्चात छोराछोरी टुहुरा बनेका साथै आर्थिक अवस्था कमजोर भई जीवन विताउन समस्या रहेको छ । तस्बिर : रौतहट अनलाईन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.