
हुलाकी न्यूज, गौर २२ माघ । रौतहट बन्दको क्रममा सशस्त्र प्रहरी र प्रदर्शनकारीबीच झड्प हुँदा एक दर्जन नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित आन्दोलनरत पक्षको आह्वानमा गरिएको बन्दमा रौतहट सदरमुकाम गौरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
गौरको जिल्ला प्रशासन कार्यलय अगाडि प्रदर्शनकारी र प्रहरीबीच झड्प भएको सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले बताए ।
यादवका अनुसार आफुसहित एक दर्जन नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ।




