Janakpur-ramanand-chauk-protest

हुलाकी न्यूज, जनकपुरधाम २१ माघ । आन्दोलनरत पक्षले घोषणा गरेको आम हड्तालका कारण जनकपुर विहानैदेखि पूर्णरुपले बन्द रहेको छ ।

बन्दका कारण समान्य बन्दै गएको जनकपुरधामको जनजीवन पुनः प्रभावित बनेको छ ।

प्रदर्शनकारीहरुले विहीबार विहानैदेख विभिन्न स्थानमा प्रदर्शन गरिरहेको तराई–मधेश युवा फ्रण्टका अध्यक्ष कृष्णा सिंहले हुलाकी न्यूजलाई बताए ।

आन्दोलनरत पक्षको चेतावनीका बाबजुद पनि संविधानमा हस्ताक्षर गरेका नेपाली काँग्रेसका संसद विमलेन्द्र निधिलगायतका संसदहरु जनकपुर प्रवेश गरेपछि आम हड्तालको घोषणा गरिएको हो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सद्भावना पार्टीका धनुषा अध्यक्ष संजय सिंहले हुलाकी न्यूजसँग कुराकानी गर्दै विहीबारदेखि विमलेन्द्र निधि लगायतका संसदहरु जनकपुरमा रहेसम्मका लागि आम हड्तालको घोषणा गरिएको बताए ।

संयुक्त युवा संघर्ष समिति जनकपुरका संयोजक धर्मेन्द्र साहले हुलाकी न्यूजसँग कुराकानी गर्दै जनकपुरधामका आन्दोलनरत सम्पूर्ण पक्षको आह्वानमा विहीबारदेखि जनकपुरमा आम हड्ताल घोषणा गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.