s-c-suman-mithila-cosmos

हुलाकी न्यूज, काठमाडौं २१ माघ । मिथिला चित्रकला काठमाडौंमा प्रदर्शन हुँदैछ । बुधबारदेखि काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा मैथिली फ्युजनसहितका ३२ चित्र अवलोकनका लागि राखिएको छ ।

चित्रकार एससी सुमनको ‘मिथिला कसमस (कल्पवृक्ष)’ प्रदर्शनीमा रहेका केही चित्र उनले ‘रिबिल्ड नेपाल’ थिममै कोरेका छन् । त्यसमार्फत उनले भूगोल, जात, धर्मका नाममा गरिने विभेद मत्थर गराउने प्रयास गरेका छन् ।

चौधौं एकल प्रदर्शनीमा पनि सुमनले राजनीतिक, सामाजिक र सांस्कृतिक विषयलाई मिथिला कलाकृतिमा कोरेका हुन् ।

सञ्चारकर्मीहरुको प्रतिक्रियामा मिथिला धार्मिक आस्थामा कल्पवृक्षको जुन कथा छ, त्यसमा उनले अहिलेको राजनीतिक र सामाजिक विषय जोडेर मौलिकतासहित फ्युजन गरेका छन् । कल्पनाको वृक्षमा मानिसले जथाभावी गरेपछिको असर देवलोकको पालादेखि हुँदै आएको मिथकलाई सुमनले क्यानभासमा स्पेस दिएका हुन् ।

‘कल्पवृक्ष जे पनि हुन सक्छ,’ उनले भने, ‘अहिलेको सन्र्दभमा सुव्यवस्थित नेपाल एउटा कल्पवृक्षको कथाजस्तै हो ।’
एक महिनासम्म चल्ने प्रदर्शनीमा ३८ देखि ९९ हजार रुपैयाँ पर्ने चित्र छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.