Janakpur-protest-samajbadi

हुलाकी न्यूज, जनकपुरधाम २० माघ । विहीबारदेखि जनकपुरधाममा अनिश्चितकालिन आम हडतालको घोषणा गरिएको छ ।
आन्दोलनरत पक्षको चेतावनीका बाबजुद पनि संविधानमा हस्ताक्षर गरेका नेपाली काँग्रेसका संसद विमलेन्द्र निधिलगायतका संसदहरु जनकपुर प्रवेश गरेपछि आम हड्तालको घोषणा गरिएको हो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सद्भावना पार्टीका धनुषा अध्यक्ष संजय सिंहले हुलाकी न्यूजसँग कुराकानी गर्दै विहीबारदेखि विमलेन्द्र निधि लगायतका संसदहरु जनकपुरमा रहेसम्मका लागि आम हड्तालको घोषणा गरिएको बताए ।

संयुक्त युवा संघर्ष समिति जनकपुरका संयोजक धर्मेन्द्र साहले हुलाकी न्यूजसँग कुराकानी गर्दै जनकपुरधामका आन्दोलनरत सम्पूर्ण पक्षको आह्वानमा विहीबारदेखि जनकपुरमा आम हड्ताल घोषणा गरिएको बताए ।

साहले मधेश विरोधी संसदहरु मधेश प्रवेश गरेको विरोध स्वरुप आम हड्तालको घोषणा गरिएको र आन्दोलन जारी रहेको बताए ।

बुधबार दिनभरी तनावग्रस्त जनकपुर

बुधबार जनकपुरधाम दिनभरी तनावग्रस्त रह्यो । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि जनकपुरधाम आउने कार्यक्रमको विरोध आन्दोलनरत पक्षले गरेका थिए । विरोधका बाबजुद पनि नेता निधि जनकपुर आएपछि ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

झडपको क्रममा पाँच जना आन्दोलनकारी घाइते भएका छन् । घाइते आन्दोलनकारीको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।
बुधबार व्यापक संख्यामा जनकपुरधाममा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Press-release-20

1 COMMENT

  1. We highly appreciate action taken by our brothers and sisters in Madhesh against Madheshi politicians who are against Madheshi Andolan. We elite people in Kathmandu have now realised our mistakes and now we support Madhesh Andolan, even for a swatantra Madhesh.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.