Nepal-police-madhesh-protest
डा.राकेश यादव

क्रमसः

भावनात्मक एकता र समाबेशिताको सवाल

मधेशीहरुले आफुलाई जतिसुकै नेपाली ठाने पनि राज्यले उनलाई जहिले पनि संकाको घेरामा राख्दै आएको छ । देशको हरेक राजनैतिक, सामाजिक परिवर्तनमा मधेशले सदैव महत्वपूर्ण भूमिका खेले पनि ती परिवर्तनहरु समेतले मधेशप्रतिको राज्यको ब्यबहारमा खासै कुनै तात्विक परिवर्तन ल्याउन सकेन । अझै पनि सकेको छैन । देशमा राणा शासनको अन्त्य र प्रजातन्त्रको बहाली भएको झन्डै ६५ वर्ष बितिसक्दा पनि मधेश राजनैतिक र सामाजिक दुवै हिसाबले सधै राज्यको उपेक्षामा परेको छ ।

२००७ सालको क्रान्तिको उधेश्य केवल राणाको पतन मात्र थिएन । प्रजातन्त्रको बहालीसंगै देशका सबै क्षेत्र, समुदायका नागरिकले राज्यसँग प्रतक्ष्य जोडिन सक्ने, सबैले राज्यबाट एकैखालको ब्यबहार पाउने, राज्य र राज्यको हरेक संरचनाबाट र प्रतिसबै समुदाय क्षेत्रका जनताले उतिकै अपनत्व लाग्ने खालको राज्य व्यवस्थाको परिकल्पना गरिएको थियो । तर मधेशको हकमा भने त्यस्तो केहि पनि हुन सकेन । ००७ सालसम्म तात्कालिन नेपाली कांग्रेसमा रहेका मधेशका नेताहरुले मधेशीहरुको अधिकारका लागि आवाज उठाउँदा कंग्रेसले बाहिरको बाटो देखाईदिएकै हो ।

आखिर के नै मागेका थिए र मधेशले उबेला पनि । (१) सम्पर्कको भाषा स्थानीय हुनुपर्ने (२) निजामति कर्मचारीहरुमा मधेशीहरुको पनि उचित स्थान हुनुपर्ने र (३) राज्यका अन्यय निकायहरु पनि मधेशीहरुलाई अन्यय भूभाग का नेपाली जनता सरह नै समाहित गर्नु पर्ने भन्ने तीन सुत्रीय माग राख्दा तात्कालिन संस्थापन पक्ष मधेशप्रति अनुदार भएकै हो । फलतः यी मुद्दाहरु समेट्दै सन् १९५१ मा बेदानंद झाको नेतृत्वमा नेपाली तराई कांग्रेसको स्थापना भयो । राजनैतिक उपेक्षा बिरुद्धको त्यो पहिलो कदम थियो मधेशको ।

सामाजिक उपेक्षाको त झनै बिकराल समस्या छ । हुन त सामाजिक बिभेदहरु संसारको जुनसुकै राष्ट्रमा हुने गर्छ । अमेरिकाजस्तो बिकसित राष्ट्रमा पनि अहिले अपनी कुनै न कुनै रुपले यो समस्या देख्न–सुन्न पाइन्छ । तर मधेशको हकमा यो भने यो समस्या पनि अझ परसम्मको छ । रंगको आधारमा मात्र बिभेद छैन यहाँ त । कस्तो भने भारतको दार्जलिङ्ग, सिक्किम, सिलोन आदि जस्ता ठाउँबाट भए पनि नेपाली भाषा र दौरा–सुरुवाल भिरेका छन् भने उसलाई नेपाली बुझ्ने र सोहि अनुसारको ब्यबहार गर्ने तर पुस्तौंदेखि यहि भुमिमा बसेका मधेशी–थारुलाई भने बिहारी र भारतीय देख्ने परिपाटी छ यहाँ त । अझ भन्ने हो भने नेपालमा बरु भुटानी शरनार्थीलाई मधेशीभन्दा ज्यादा नेपाली हुनुको अघोसित सुबिधा छ ।

मैले उनको यी बिचारहरु रुचिपुर्बक सुन्दै गए । यो कुराहरु भनिरहँदा राज्यको विभेदकारी रबैयाप्रतिको उनको आक्रोश मैले उनको बोलि, तर्क र अनुहारमा प्रस्टै देख्न सक्थे । उनी भन्दै गए……

Dr-rakesh-yadav

नेपाली सेनामा मधेशीको समाबेशिताको सवाल

नेपाली सेनामा किन होला मधेशीहरुलाई बन्चित गरेको ? के यो राज्यको सुरक्षाको जिम्मा कुनै एकल समुदायको पेवा हो ? उनले मेरो अगाडि प्रश्न तेर्स्याए । मैले केहि बोल्थे त्यस अगाडि उनी फेरी आफै जोड्न थाले ।

इतिहास साक्षी छ, मधेशमा मिथिला, सिम्रौनगढ़, अवध आदि राज्य हरु थिए । त्यसो भए अहिलेको नेपालको निर्माण पश्चात खै कहाँ गए त ती राज्य हरुका सेनाहरु ? किन भंग गरियो त ती मधेशीहरुको सैन्य संगठनलाई ? कुरा स्पष्ट छ मधेशलाई न त राज्यले कहिले आफ्नो ठान्यो न त उसलाई कहिले बिस्वासको लाभ दियो ।

०६२–६३ को जनआन्दोलन–२, मधेश बिद्रोह आदी पछी मधेशमा बिकसित राजनैतिक र सामाजिक जागरणसंगै नेपाली सेनामा मधेशीहरुको न्यायोचित उपस्थितिको कुरा जोड–तोडका साथ् उठ्न थालेको छ । तर संस्थापन पक्षले नाइँ, चिकित्सक, गाडी–चालक आदि गरि केहि २००० को संख्यामा रहेको सेनामा मधेशीको उपस्थितिलाई देखाएर समाबेसिताको ढोंग गर्छन् ।

अझ केहि समय अगाडि रक्षामन्त्री भिम रावलले त नेपाली सेना बिस्व कै सबभन्दा बढी समाबेसी रहेको दाबी गरे । यदि त्यस्तो नै हो र सेनामा मधेशीको न्यायोचित उपस्थिति नै छ भने मधेशीको संस्कृतिको किन सेनाले सुइकर नगरेको हो त ? राष्ट्रपति विधा देवी भण्डारीको पछिल्लो जनकपुर भ्रमणको बेलाको सेनाको चरित्रलाई हेर्दा पनि कुरा स्पष्ट हुन्छ ।

बिवाह पंचमीको एउटा बिधि अनुसार त्यहाँ सीताको डोलिको परिक्रमा गराइन्छ, सो बेला राष्ट्र प्रमुखको सुरक्षार्थ खटिएका नेपाली सेनाले बिबाहको बाजा बजाउँछन् । मिथिला संस्कृतिमा विवाहको बेला बजाउने आफ्नै मौलिक बाजाहरु छन् तर सेनाले बिगत जस्तै यस बेला पनि पन्चे बाजा नै बजाए । खै त मिथिलाको राजधानीमा समेत मिथिलाको संकृतिलाई स्वीकार गरेको ? अनी कसरी सेना समाबेसी भयो त । जब सेनाको संस्कृति एकल समुदायको मात्र प्रतिनिधित्व गर्दछ ?

कतिपय कथित विद्वानहरुले त तात्कालीन प्रधानमत्री कृष्णप्रसाद भट्टराई र भारतीय समकक्षी अटल बिहारी बाजपेयीसंगको मधेशीहरुको भारतीय सेनामा प्रवेश बारे भएको तर्कबितर्कको हवाला दिदै आफ्नो कुतर्क पनि दिने गरेका छन् । अटल बिहारी बाजपेयीले भट्टराईलाइ सोधेका थिए नेपाली सेनामा मधेशीको प्रवेश किन गरिदैन नेपालमा ? जवाफमा भट्टराईले भारतमा गोर्खा रेजिमेन्टमा मधेशीको भर्ती किन गरिदैन भनेर प्रति–प्रश्न गरेका थिए ।

यी तर्कबितर्कलाई सुक्ष्म रुपमा केलाएर हेर्ने हो भने यसको के मात्र अर्थ लाग्न आउँछ भने मधेशीको निष्ठाप्रति न त नेपाल विश्वस्त छ न त भारत नै । यो मर्मलाई कसैले पनि सजिलो गरि लिन मिल्दैन । त्यसो किन हो भने यदि मधेशीहरुप्रति भारतको अबिस्वासले धेरै भूमिका नराख्ला तर नेपालले पनि अविस्वास गरेको खण्डमा मधेशले आफुलाई अहिलेको नेपालमा रहिरहनु औचित्य हीन हुन जान्छ र राज्यको यस्तो ब्यबहारले स्वतन्त्र मधेशको वकालत गर्नेहरुको मुद्दालाई थप बल पुगाउने काम भएन र ?

क्रमसः

मधेशी किन बिरानो ? (विचार, भाग एक)

3 COMMENTS

  1. When the government of Nepal is against the Madheshi people, how could you think of suraksha karmi being polite to you? They have to obey their masters, if not, they will be treated very badly as per military/police rule. It is a big question as how to make Mr Oli believe that Madheshis are also human being but not flies. He has been on high dose of steroids and other drugs and that affect on his brain. Government of Nepal can not solve the political crisis unless he is replaced by a normal man.

  2. लेख अनुसार, १)के नेपाली सेनामा फ्री कम्पिटीसन छैन र ? समानुपातिक र आरक्ष भन्ने बित्तिकै शारिरीक अपाङगता (unfit)भएको ब्याक्तिलाइ टप्पक्कै टिपेर राख्ने हो र ? आरक्ष कुनै जात धर्म सुमुदाय बाट होइन आर्थिकता को हिसाबले हुनुपर्छ !
    २) नेपाली भाषी भन्दैमा भुटानी कुन चाहिँ शरणार्थीले नेपाली नागरीकता पाएको छ ? बरु मधेशी हरुका नातेदारहरु २०सौ हजार बिहारीहरु ले नागरीकता कुम्ल्याउन सफल भइसकेको स्पष्ट नै छ नी ।
    ३) कुवाको भ्यागुतो जस्तो कुरा गर्नु भयो लेखकले , नेपाल को भौगिलिकता र जनजीवनको बारेमा प्रतक्ष नदेखेपनी कम्सेकम थोरै अध्यान त गर्नुस अनि तुलना गर्नुस दुर्गम पहाडी, हिमाली क्षेत्र र तराई को बिकास संरचना बारे !
    तेसैले यस्ता लेखको कुनै तुक छैन जो सचेत र बुज्जकी छ । यस्ता लेख बुझ्रुक र अन्धभक्त हरुले मात्र लेख्छ सायद लेखक पनि तेसैमा पर्नु भयो होला । यस्ता लेख लेखेर साम्प्रदायीक हिंसा मचाउन खोज्नु मात्रै हो, डलर र भारु डकार्ने हरुले , मर्ने त ती निमुखा बिचराहरु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.