
हुलाकी न्यूज, काठमाडौं २० माघ । बद्री न्यौपाने अध्यक्ष रहेको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चेतावनी दिएको छ ।
मधेशी मोर्चाका नेताहरुले विहारी नेताहरुसँगको भेटमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चुरे भावरले जुधेर सामना गर्ने चेतावनी दिएको छ ।
न्यौपानेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘ मधेशी मोर्चाका तीन शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवसँगको भेटवार्तामा उनीहरुले दिएको अभिव्यक्तिले छिमेकी मुलुकमाथि ठाडो हस्तक्षेप भएको हाम्रो पार्टीले ठानेको छ । यस्ता अभिव्यक्तिविरुद्ध चुरे भावर पार्टीले सधै जुधेर सामना गर्नेछ ।’
नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाभीमानमाथि आघात पुग्ने गरी बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव र पूर्व मन्त्री रघुबंशप्रसाद सिंहले दिएको अभिव्यक्ति स्वाभीमान नेपालीका लागि अत्यन्तै आपत्तिजनक छ । –विज्ञप्तिमा भनिएको छ,‘यस्तो अभिव्यक्ति दिइ नेपाल र नेपालीको राष्ट्रिय स्वाभीमानमा ठेस पु¥याउने कार्यप्रति चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल घोर भत्र्सना एवम् निन्दा गर्दछ ।’
आन्दोलनकारी दलहरुलाई पनि आफ्नो मुलुकको अस्तित्वमाथि ख्याल गरेर सोहीअनुसारका राजनीतिक गतिविधि गर्न चुरे भावरले आग्रह गरेको छ ।




neaupane ji tapai pahila afu sudhrinus, ani neta haru ko kuro garnus, thik hola