Nepal-army-with-ck-raut

रबिन्द्र प्रताप गुप्ता, भैरहवा २० माघ । रुपन्देही जिल्लाको विकट क्षेत्र मध्येको एक हो मर्चवार । मर्चवारलाई बती मुनीको अध्यारो पनि भन्ने गरिन्छ । सो क्षेत्रलाई स्वतन्त्र मधेश गठबन्धनले तालिम केन्द्र बनाएको छ ।

रुपन्देहीको धकधई र मर्चवारमा डा.सीके राउतका समर्थकहरुको उल्लेखीय उपस्थिति रहेको छ । साही क्षेत्रलाई केन्द्र बनाएर अहिले नेपाली सेनाले पनि कार्यक्रमहरु गर्न थालेका छन् ।

सीके राउतको तालिम केन्द्र मानिएको मर्चवारमा मंगलबार नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
नेपाली सेना जबर जंग गण रामनगर ब्यारेक, बुटवलले मर्चवार क्षेत्रको असुरैना गाविसमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरले सो क्षेत्रका विरामीहरु लाभान्वित भएका छन् ।

524a24ea-7b0d-40bd-8f79-fae8adc302ef

आम्दा अस्पताल बुटवल र भिम अस्पताल भैरहवाको सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा दाँत रोग, स्त्री रोग, बाल रोग तथा जनरल फिजिसियन सम्बन्धि समस्या भएका विरामीहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

स्वास्थ्य परिक्षण गर्न आएका विरामीहरुमा स्वास्थ्य तथा सरसफाई सम्बन्धि जनचेतनाको अभावका कारण स्वास्थ्य सम्बन्धि समस्या आएको र मर्चवार क्षेत्रका विरामीहरु सिमा नाका नजिकै भारतको विभिन्न स्थानहरुमा उपचारका लागि जाने गरेको स्वास्थ्यकर्मी डा.रबिन्द्र जंग रायमाझीले बताए । उनले खासगरी बालबालिकाहरुमा दात सड्ने समस्या, ६० वर्ष वा सोभन्दा बढी उमेरका वृद्धवृद्वाहरुमा जाडो मौसममा जोर्नी दुख्ने र छाला सम्बन्धि समस्या रहेको बताए ।

स्वास्थ्य शिविरमा रहेका सोही क्षेत्रका निर्वाचित संसद सर्वेन्द्रनाथ शुक्लाले सामाजिक उत्तरदायित्व तथा जनतासंग सम्बन्ध जोड्न नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको खुलेरै प्रसंशा गरे ।

Ck-raut-training-2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.