ck-raut-with-laxmanlal-karna

हुलाकी न्यूज, काठमाडौं १९ माघ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई मधेश छोड्न कसैले नभनेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताएका छन् ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै कर्णले काठमाडौंका मिडियाहरुले सीके राउतलाई मधेश छोड्न मोर्चाले चेतावनी दिएको जस्ता अर्नगल प्रचार गरेको बताएका छन् । कर्णले भने,‘त्यस्तो केही कुरा भएको छैन । सबैले आ–आफ्नो तरिकाले राजनीति गर्न पाउँछन् । हामीले सीकेलाई मधेश छोड्न किन भन्ने ?’

कर्णले भने,‘मैले स्वतन्त्र मधेशको पक्षमा अहिले मधेशी मोर्चा नरहेको बताएको थिए । तर मिडियाले अर्नगल लेख्यो । कार्यक्रमको भिडियो पनि हेर्न सक्नु हुन्छ । त्यसमा प्रष्ट छ ।’

2 COMMENTS

  1. Media haru pni
    Jutta khane khalko raix.
    Jattisukai madheshilai judaun khojxau hami madheshiharu teti nai ek hudai janxau.
    Jay madhesh

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.