Dom-saptari-

हुलाकी न्यूज, राजविराज १९ माघ । मधेशमा जाडो बढ्दै गएको बेला सप्तरीको डोम बस्तीमा कम्बल वितरण गरिएको छ । बिसहरिया गाविस वडा नम्वर–९ स्थित डोम बस्तीमा सोमवार कम्बल वितरण गरिएको हो ।

हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा डोम परिवारलाई कम्बल वितरण गरिएको हो । क्लवका अध्यक्ष एवं समाजसेवी ई.सुर्य नारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवले डोम बस्तीका ९ परिवालाई कम्बल वितरण गरेका छन् ।

स्थानीय पत्रिका न्यूज डुडेका अनुसार स्थानीय समाजसेवी युवा लक्ष्मण यादव, स्थानीय बुद्धिजिवी यदुनन्दन यादव, रामचन्द्र यादवसमेतकाले डोम परिवारलाई कम्बल हस्तान्तरण गरेको आयोजक संस्थाका अध्यक्ष ई.यादवले जानकारी दिए ।

संस्थाले राजविराज नगरपालिका, रायपुर, लालापटी, कोचाबखारी, बिरपुर, छिन्नमस्ताको डोम बस्तीका साथै अन्य गाविसका गरीब, निमुखा र दलित परिवारका ब्यक्तिहरुलाई करिब पाँच सय थान भन्दा बढी कम्बल वितरण गरिसकिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.