Dhanusha-makar-mela-3
धनुषाधामको एतिहासिक धनुष मन्दिरको अगाडि थुपारिएको फोहरको डंगुर ।

हुलाकी न्यूज, जनकपुरधाम १९ माघ । प्रत्येक वर्ष मकर संक्रान्तिको दिनबाट सुरु भई माघ महिनाको प्रत्येक आइतबार लाग्ने धनुषाधामको कमर मेला यसवर्ष पनि लागेको छ । आन्दोलनले केही प्रभावित बने पनि मेलामा उल्लेख्य दर्शनार्थीहरुको सहभागिता रहेको छ ।

मेला व्यवस्थापनका लागि मेला समिति बनाइएको छ । जसले मेलाका प्रत्येक व्यापारीसँग रकम संकलन गर्नेछ । अर्थात मेलाबाट पैसा उठान ठेक्का दिइएको छ । तर मेलाबाट पैदा भएका फोहरलाई कसैले व्यवस्थापन गरेको छैन ।

प्रत्येक आइतबार लाखौंको संख्यामा दर्शनार्थी धनुषाधाम आउने गरेका छन् । जसबाट कयौं टन फोहर धनुषाधाममा थुप्रिने गरेको छ । तर फोहर व्यवस्थापन न त धनुषाधाम नगरपालिकाले गरेको छ । न त मेला समितिले न त बजार समितिले ।

मेलाको १८ दिन विति सक्दा फोहरले धनुषाधाम दुर्गन्धित हुँदा मंगलबार स्थानीय व्यापारी र प्रहरीहरुले सरसफाई गरेका छन् । स्थानीय व्यापारीहरुले मेला व्यवस्थापन समिति र धनुषाधाम नगरपालिकालाई फोहर व्यवस्थापन तर्फ ध्यान दिन आग्रह गरेका छन् ।

Dhanusha-makar-mela Dhanusha-makar-mela-2 Dhanusha-makar-mela-4 Dhanusha-makar-mela-5

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.