Morcha-sarkar

हुलाकी न्यूज, काठमाडौं १९ माघ । माघ ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले प्रवचन सुनाउन थालेपछि छलफलबाट बाहिरिएको प्रतिक्रिया संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएका थिए ।

छलफलका क्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदयेश त्रिपाठी र प्रधानमन्त्री ओलीबीच चर्काचर्की समेत भएको थियो । सोही दिनदेखि वार्ता प्रक्रिया अवरुद्ध भएको थियो ।

सोमबार उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको पहलमा तीन दल र मधेशी मोर्चाका नेताहरुबीच छलफल भयो । छलफल सकारात्मक भएको सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले हुलाकी न्यूजलाई बताए ।

कर्णका अनुसार ओली विनाको वार्ता सकारात्मक भयो । बैठकमा अन्य दलका नेताहरु नरम देखिएका थिए । अव कार्यदलले पुनः वार्ता प्रक्रियालाई अगाडि बढाउने छ, कर्णले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.