Update

सच्याइएको : समाचार प्रकाशन पछि नोर्भिक अस्पतालमा कार्यरत एक जना डाक्टरले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार विरेन्द्र विच्छेको अवस्था निकै चिन्ताजनक रहेको छ । डाक्टरका अनुसार उनको बाँच्ने अवस्था न्यून रहेपनि बचाउने प्रयास जारी रहेको छ । उनले राती करिब ११ः३० मा विच्छेको सीटीस्क्यान गरिएको र करिब राती दुई बजेपछि सघन सल्यक्रिया गरिने बताए । डाक्टरले भने,‘सल्यक्रिया सफल भए विच्छेको बाँच्ने सम्भावना बढ्न सक्नेछ ।’

यस समाचारबाट पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दछौं ।–सम्पादक

 

हुलाकी न्यूज, काठमाडौ २३ भदौ । बुधबार जलेश्वरमा प्रहरीको गोली लागि घाइते भएका विरेन्द्र विच्छेको केही बेरअघि काठमाडौंको नर्भिक हस्पिटलमा मृत्यु भएको छ । प्रहरीले विच्छेको टाउकोको बिच भागमा गोली हानेको छ ।

नर्भिक अस्पतालमा रहेका तराई–मधेश युवा फ्रण्टका अध्यक्ष कृष्णा सिंहले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार सवा दश बजे राती विच्छेको मृत्यु भएको छ । सिंहका अनुसार अस्पतालले अहिले मृतक घोषणा गर्न नमिल्ने बताएको छ ।

प्रहरीले विच्छेको मृत्युको पुष्टि गरेको छैन ।

महोत्तरी विगौना गाविसका विच्छेलाई बुधबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । बीर अस्पतालमा उपचार सम्भव नभएपछि करिब नौ बजे राती उनलाई नर्भिक हस्पिटल पठाइएको थियो ।

कसरी मारिए विरेन्द्र विच्छे ?

जलेश्वरमा जारी आन्दोलनमा बुधबार विच्छे सहभागी थिए । प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि उनी भाग्दै आँखामा लागेको अश्रुग्याँस धुन तिर लागे । उनी महोत्तरीको अदालत अगाडि रहेको चापाकलमा आँखा धुन लागे ।

अरु आन्दोलनकारीहरु भागे । प्रहरीको एक टोलीले विच्छेलाई घेरे । तर विच्छे भागेनन् उनी आँखा धुदै बसे ।

त्यसपछि प्रहरीले उनको टाउकोको माथिल्लो भागबाट गोली प्रहार गर्यो । प्रत्यक्षदर्शीहरुका अनुसार बसेर आँखा धुई रहेका विच्छेको टाउकोको माथिल्लो भाग अर्थात खप्परमा प्रहरीले गोली हान्यो ।

प्रहरीको गोली लागि त्यँही ढलेका विच्छेको उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो । केही मिडियाहरुले दिउँसो नै विच्छेको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो । पछि सच्याएका थिए ।

विच्छेको मृत्यु पश्चात जलेश्वरमा मारिनेको संख्या चार पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.