
पुरन साह, जनकपुरधाम १७ माघ । मधेश आन्दोलनका कारण प्रत्येक वर्ष धनुषामा लाग्ने मकर मेला प्रभावित भएको छ । धनुषाको मुख्य र्तिथस्थल मध्येका एक धनुषाधाममा लाग्ने ऐतिहासिक मकर मेला आन्दोलनका कारण प्रभावित भएको हो ।
माघ महिनाको पहिलो आइतवारदेखि फागुन महिनाको पहिलो आइतवारसम्म प्रत्येक आइतवार लाग्ने मकर मेलामा यस वर्ष आन्दोलनका कारण र्तिथालुको आगमनमा ह्रास आएको छ । मधेस आन्दोलनका कारण सिन्धुली, दोलखा, उदयपुर लगायतका तिर्थालु मेला भर्न आउन असुरक्षित महशुस गर्नु र भारतिय नाकामा भइरहेको अवरोध र असुरक्षाका कारण भारतबाट आउने तिर्थालुको पनि यस वर्ष चासोको विषय नबनेकाले मेलामा तिर्थालुको संख्या घटेको धनुष मन्दिरका महन्थ भरत दासले बताए ।
धनुषाधाम स्थित शिवको धनुषलाई पुजा गर्नाले रोग व्याधि नष्ट भई दिर्घायु हुने र मनोकामना पुरा हुने जनविश्वास रहेको छ । साथै शरिरमा कुनै प्रकारको दाग, धब्वा तथा चर्मरोग छ भने भाकल गरि भन्टाको भार चढाउनाले रोगको विनाश हुने समेत जनविश्वास रहेकोले पनि तराइ पहाडका विभिन्न जिल्ला तथा भारतबाट तिर्थालुको घुइचो लाग्ने गरेको छ ।
रामायण कालिन भगवान शिवको धनुषको एक टुक्रा उक्त स्थानमा झरेको जनविश्वास छ । राजा जनकले आप्mनी पुत्रि जानकीको विवाहका लागि सर्त स्वरुप राखेको धनुषलाई भगवान रामले भंग गरेर एक टुक्रा पूर्वमा फालेका थिए । अर्थात हालको धनुषाधाममा त्यो टुक्रा रहेको जनविश्वास छ । उक्त धनुषको टुक्रामाथि हाल वैज्ञानिक अध्ययन पनि चल्दैछ । प्रचारप्रसार र विकास निर्माण हुन नसकेकोले यो मेला पर्यटकीय स्थलको रुपमा राष्ट्रिय चर्चाको विषय बन्न सकेको छैन ।



