राकेश यादव, रौतहट, २३ भदौ । मिडिया फोर बोर्डेर हार्मोनी सीतामढीको आयोजनामा भारतको बैरगनियामा रहेको ऐतिहासिक बनवारीलाल धर्मशालामा बुधवार नेपाल भारतको संचारकर्मीहरुको बैठकसम्पन्न भएको छ ।

पेशाकर्मी पत्रकारहरुको हक अधिकारको रक्षा, पत्रकारको सुरक्षा, नेपाल भारत सीमामा सौहाद्रपुर्ण वातावरण सृजना गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको आयोजकले जनाएको छ । बैठकमा सहभागी भारतीय संचारकर्मीहरुले अधिकारको लागि मधेशमा भइरहेको आन्दोलनमा भएको प्रहरी दमनप्रति दुःख व्यक्त गरेका थिए ।

आयोजक संस्था मिडिया फर बर्डर हार्मोनीले मधेशी समुदायको माग सम्बोधन गराउनका लागि सकारात्मक पहल गर्ने आश्वासन दिएको छ । उसले मधेशमा जारी आन्दोलन र त्यसमा भइरहेको प्रहरी दमनका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ध्यानाकर्षण गराउने बताएको छ । विश्वनाथ प्रसादको अध्यक्षतामा भएको बैठकमा सहभागी नेपालका संचारकर्मीहरुले भारतमा समाचार संकलन गर्ने वातावरण बनाउने पहल गर्न आग्रह गर्दै मधेशमा भइरहेको आन्दोलनको समाचारलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।

संगठनका केन्द्रिय अध्यक्ष अमरेन्द्र तिवारीले बैठकमा आएका प्रस्तावलाई आत्मसात गर्दै लागु गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकमा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष शैलेन्द्र गुप्ता, उपाध्यक्ष जयप्रकाश यादव, पूर्व अध्यक्ष प्रेमचन्द्र झा, पत्रकार राकेश यादव, रमेश सिंह, किशोरी यादव, शैलेन्द्र झालगायत भारतीय संचारमाध्यमसँग आवद्ध पत्रकारहरु राज कपुर, अबध बिहरी उपाध्यायलगायत उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.