
ओमप्रकास सर्राफ
मधेश आन्दोलनमा हाम्रो त्याग, तपस्या, योगदान, समर्पण सबैको प्रतिफल प्राप्त हुने कि न हुने दुविधा मेरो मनमा अहिले पनि छ । यो स्वभाबिक पनि हो । यो आन्दोलनमा बिरुवा रोपे झै त्यसको स्याहार सुसारको लागि जलमल आफ्नो हर सम्भव प्रतिवद्धताको साथ छर्केकै हो ।
यदि अन्तरिम संविधानमा अभ्यास गर्दै गरेको समानुपातिक समावेसी, जनसंख्याको अधारमा निर्वाचन क्षेत्रको निर्धारण तथा नागरिकता सम्बन्धि बुँदाहरु मात्रै आन्दोलनको प्रमुख मागहरु नै थियो भने त्यसको लागी त संसदको वाक आउट, संसदको रोस्ट्रम घेराउ जस्ता बिरोधको कार्यक्रम नै पर्याप्त थियो ।
तथापि संविधान जारी भएकै दिन पनि यो मुद्दाहरुप्रति प्रमुख दलहरुको सामुहिक प्रतिबद्धता आएकै थियो भने यति ठूलो आन्दोलन किन ? यति धेरै जनधनको क्षती किन ? यति धेरै सहादत किन ? यति समयको बर्बादी किन ?
म आफै एउटा आन्दोलनकारी हो र यो आन्दोलनमा सायद म जिवनमा कहिले नसोचेका कुराहरु गुमाएको छु, जहिले पनि अरुको न्याय दिलाउन पुलिस कार्यलयमा जाने मान्छे ११ दिनसम्म आन्दोलन कै क्रममा प्रहरी हिरासत मै रहे । सायद यो आसा र बिश्वासमा कि हाम्रो भावी पिढीलाई हामी जस्तै अजाद देशको गुलाम नागरिक बनेर न बस्नु परोस् ।
आफ्नो सफल ब्यवसाय तथा अन्तर्राष्ट्रिय प्रोजेक्टको कामलाई समेत जोखिममामा राखेर मधेश आन्दोलनको हरेक गतिविधिमा नेतृत्वदायी भुमिका खेल्न कुनै कसर बाँकी राखिन । आन्दोलन घोषणा भएकै दिनदेखी सडकबाट, मन्चबाट ,समाजिक संजालबाट मन मस्तिष्कमा मात्रै मधेश आन्दोलन मै क्रियासिल रहिरहे । पुरा दिनचर्या नै आन्दोलनमय भएको थियो ।
बिरगंजमा प्रहरीको नरसंहार र तान्डवले गर्दा हाम्रै आँखा सामु मधेशी योद्धा सहिद हुँदै गयो र प्रहरीको त्यो दैत्य रुपी प्रदर्शनको बिचमा लागाइएको कर्फ्यु तोडन ज्यानको बाजी लगाउँदै सधै अग्रसर रहिरहे । स्थानीय प्रसासनबाट घोषणा गरिएको दङ्गा ग्रस्त क्षेत्र पछि सेलाइएको बिरगंजका आन्दोलनलाई फेरि बल दिन आफुलगायतका साथीहरूद्वारा घन्टा घरमा प्रदर्शन गरि दङाग्रस्त क्षेत्र पनि तोडे ।
त्यही दिनबाट जेल भरो आन्दोलन सुरु भयो र सबै आन्दोलनकारीको समूह र पेसाकर्मीको समुह पनि सहभागी हुँदै आफ्नो सहभागीता जनायो । दिन दिनै नारा जुलुस, प्रदर्शन तथा मितेरी पुलको धारना नै नियमित कार्यक्रम बनी नै रहयो । सायद यो आसा थियो कि हाम्रो मधेशमा पनि पुर्णिमाको रात आउँछ । घरपरिवार तथा २ टा छोरीको परवाह नगरी मासिक लाखौंको आम्दानी हुने आफ्नो ब्यवसाय छोडेर दिन रात आन्दोलन कै सफलताको लागी दैनिक ५०० देखी १००० औ रुपैयाँसम्म को आर्थिक खर्च गरेर २४ सै घन्टा तत्पर रहे पनि आन्दोलनले देखाएको सम्पूर्ण लक्ष्य पुरा नहुँदा पछुतो नलागे पनि कता कता निरासा अवश्य छाएको छ ।
तर आज पनि उतिकै जोस जागरको साथ आन्दोलनलाई सफल गर्न दिन रात तलिन नै छौ र शुक्रबार पनि बिहान वीरगंजको प्रमुख नाका खुलेको समाचार प्राप्त हुने बितिकै आफनो संयोजक ईश्वर यादव जीलगायत उपलब्ध युवा टिमको साथमा केही मिनेटमै मितेरी पुल पुगेर ज्यानको बाजी लगाएर नाका पुरा ठप्प पारी आन्दोलनको नाक बचाएकै हो ।

मधेश अध्ययन केन्द्रको नारायणी अञ्चलको संयोजकको नाताले मधेशमा भएका हरेक गतिबिधि तथा आन्दोलनका परिवेश तथा यर्थात अवस्था एवं राज्य र आन्दोलन बिरोधी शक्तिहरुको दमन र अत्याचार तथा आन्दोलनका सामर्थयको बिश्लेषनका साथ देश बिदेशमा रिपोटिङ्ग एवं अध्ययन अनुसन्धान गर्दागर्दै २४ घण्टामा कति मिनेट मेरो व्यक्तिगत क्रियाकलापमा समय उपलब्ध हुन्छ त्यसको कुनै नियमित लेखाजोखा हुदैन ।
शोसल मिडिया, प्रिन्ट मिडिया तथा ईलेक्ट्रोनिक संचारका साधनहरुमा पनि आन्दोलनका पक्षहरु भए नभएको अध्ययन गर्न सके तथा त्यसको अधिकतम प्रयोग गर्ने हाम्रो दिनचर्या नै बनेको हो ।
मधेश आन्दोलन सुरु हुनुभन्दा पहिला हामी द राइजिङ नेपाल बिरगंजको अध्यक्ष रहेर समाजमा ब्याप्त बिकराल कुरिती तथा बिसङ्तिहरुको बिरोधमा नसा मुक्ति आन्दोलन, दहेज रहित आदर्श बिवाह, रक्तदान कार्यक्रम जस्ता समाजिक क्रियाकलाप गर्दागर्दै महाभूकम्प हुँदा पीडितलाई सेवा र सहयोग गर्ने उदेश्यले राहत संकलनदेखी हिमाली जिल्ला रसुवामा श्रमदान गरे । त्यहा बस्ने क्रममा बारम्बारको भूकम्पको पराक्रमले अरु केहि साथी बिचमै छाडेर फर्के पनि आफु आफ्नो देशको सेवा गर्ने र नेपाली–नेपाली बिचको आपसी सदभाव बढाउन म मिसन पुरा गरेर कुखुराको गाडी मा पछाडि बसेर गल्छीसम्मको मेन रोडमा आएको दिन आज पनि सम्झ्नामा छ ।
त्यो पनि मैले आफ्नो माटोको ऋण चुकाउने मौका पाए भने मधेश आन्दोलनमा पनि आफ्नो माटोको ऋण चुकाउने अवसरको रुपमा लिए । सदा झै फलको आस नगरेकोले यो आन्दोलनमा मलाई ब्यक्तिगत फल नपाए पनि सम्पूर्णको लाभ हुने सम्झौता हुँदा मलाई यसको एउटा सिपाही बनेकोमा गौरव महसुश हुनेछ ।
पुनः हिमाल, पहाड रुदा हिमाल पहाडलाई साथ दिए ,मधेश रुदा मधेशलाई साथ दिए सायद यहि नै मेरो राष्ट्रयताको परिभाषा हो र सायद यसैको लागी मेरो जन्म भएको छ ।
लेखक : मधेश अध्ययन केन्द्र नारायणी जोनका संयोजक हुन् ।



