
हुलाकी न्यूज, काठमाडौं १७ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सचिवालय बैठकमा आन्दोलनको भावी योजना बारे छलफल हुने भएको छ ।
आइतबार दिउँसो तराई मधेश सद्भवाना पार्टी कार्यालयमा हुने सचिवालय बैठकमा मुख्य चार वटा विषयमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनिष सुमनले हुलाकी न्यूजलाई बताए ।
सुमनका अनुसार हालसम्मको आन्दोलनको समिक्षा र भावी आन्दोलनका कार्यक्रम बारे छलफल हुनेछ । त्यस्तै महागठबन्धन निर्माणका विषयमा छलफल हुनुका साथै मधेशी मोर्चाको केही दिन पछि हुने बृहत्त बैठक बारे छलफल हुने सुमनले बताए ।



