Kalaiya-chetabani-sabha

संजय तिवारी, कलैया १६ माघ । नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीका संसदहरुलाई गाउँ प्रवेशमा निषेध गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनले शनिवार बाराका विभिन्न स्थानमा काग्रेस, एमाले र एमाओवादीका संसदहरुलाई गाउँ नपस्न चेतावनी दिएका छन् ।

मोर्चा र गठबन्धनले संयुक्त रुपमा कलैयाको शहिद चौकबाट निकालेको रैली विभिन्न संसदहरुको घर र विभिन्न गाउँमा पुगी कोणसभा गर्दै यस्तो चेतावनी दिएको हो ।

उनीहरु कलैया रंगपुरस्थित नेपाली काँग्रेसका जिल्ला सभापति तथा सँसद राधेचन्द्र प्रसाद यादव, नेपाली काँग्रेसकै समानुपातिक सांसद लालबाबु सिहको गम्हरियास्थित घर, फेटा बजार, मोतिसरलगायतका स्थानमा सभा गरेको संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबु कुमार यादवले बताए ।

मधेश विरोध संविधानमा हस्ताक्षर गरि अहिले नेपाली काँग्रेसको गाउँ, इलाका, क्षेत्र र जिल्ला अधिवेशनको नाममा काँग्रेसले पार्टीको क्रियाकलाप अगाडी बढाउन संसदहरु गाउँ पसेको भनी जानकारी पाएपछि मधेशीहरुले यस्तो अभियान शुरु गरेको यादवले बताए ।

खबरदारी सभामा संघीय समाजवादी फोरम नेपालका राजनिति समिति सदस्य प्रमोद प्रसाद गुप्ता, केन्द्रिय सदस्य रामकिशोर प्रसाद यादव, जिल्ला अध्यक्ष रामबाबु कुमार यादव, अनवर अंसारी, लक्ष्मीनारायण साह, तमलोपाका जिल्ला अध्यक्ष नवलकिशोर सिह, महिला नेत्री पिकी यादव, वृजकिशोर कुशवाहा, सदभावना पार्टीका जिल्ला अध्यक्ष महम्मद सफीक अंसारी, तराई मधेश सदभावना पार्टीका केन्द्रिय सदस्य रमेश यादव, जिल्ला अध्यक्ष धर्मेन्द्र यादव, रामसपाका केन्द्रिय सचिव पारस साह, तराई मधेश राष्ट्रिय अभियानका जिल्ला अध्यक्ष शिवनाथ पटेल लगायतकाले बोलेका थिए । उनीहरुले मोर्चाको चेतावनी नमाने जुनसुकै कारवाही समेत गर्न सकिने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.