
हुलाकी न्यूज, जनकपुरधाम १६ माघ । जिल्ला अधिवेशन तयारीका लागि जनकपुर आएकी नेपाली कांग्रेसकी सांसद लिला कोइराला घरमै घेरिएकी छन् ।
सांसद कोइराला जनकपुर आएको खबर पाउना साथ जनकपुरमा आन्दोलनरत समूहहरु उनको ब्रहमपुरीस्थित निवासको अगाडि बिहानैदेखि प्रदशर्न गरेका छन् ।
प्रदर्शनकारीहरु कोइरालाको घर अगाडि टायर बालेर मधेश विरोध भन्दै नारबाजी गरेका छन् । नाराबाजी संघीय समाजवादी फोरम नेपालका धनुषा अध्यक्ष शेष नारायण यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष संजय कुमार सिंह, युवा नेता सरोज मिश्र, जानी खान, लव कुमार झासहितका आन्दोलन अगुवाहरु उनको घर अगाडि प्रदर्शन गर्दै बाहिर निस्कन नदिने अडान लिएका छन् ।
प्रदर्शनलगतै उनको निवास पुगेका सुरक्षाकर्मीको टोली सुरक्षा प्रदान गरेका थिए । सासंद कोइराला आफुलाई मधेशमा निषेध गरिएको कुराको कुनै जानकारी नरहेको जिकिर गर्दै कांग्रेसको अधिवेशन विथोल्ने हैसियत मोर्चाका नेताहरुमा नरहेको बताइन ।
नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनहरु मधेशीहरुले विथोलेका छन् ।




K tero chai haisiyat xa ta madesh ma basne.kateni