Birgunj-congress-1

हुलाकी न्यूज, बीगरञ्ज १६ माघ । बीरगञ्जमा नेपाली काँग्रेसको कार्यक्रमको विरुद्ध प्रदर्शन भएको । प्रदर्शन हुँदा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको छ ।

काँग्रेस नगर कार्य समिती पर्साले शनिबार वीरगन्जमा शहिद दिवसको अवसरमा झण्डा प्रर्दशन गर्ने कार्यक्रमको गरेको थियो । जसको विरोध मधेशीहरुले गरेका छन् । नेपाली काँग्रेसका नेताहरु पार्टीको झण्डासहित मोटरसाईकल रयाली निकालेर वीरगन्जको गण्डक चौकस्थित सहिद तेजबहादुर आमत्यको शालीकमा मालाअर्पण गर्न गएपछि आक्रोशित मधेशी युवाहरुले विरोध गरेका थिए ।

उनीहरुले मधेशी एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ, नेपाली काँग्रेस मुर्दावाद, शहिदको अपमान गर्न पाइदैन, मधेशीहरुको भावना बिपरित काँग्रेसको झण्डा फहराउन पाइदैनजस्ता नारा लगाउँदै वीरगन्जको घण्टाघरमा टायर बालेर बिरोध प्रर्दशन गरेका थिए ।

स्थानीय यात्राडेलीका अनुसार घण्टाघरबाट निस्केको आन्दोलनकारी युवाहरुको रयाली वीरगंज गण्डक चौकस्थित शहिद तेजबहादुर अमात्यको शालिक अगाडी टायर बालेर प्रर्दशन गरेका थिए भने वीरगंज नगर परिक्रममासमेत गरेका थिए । शहिद तेजबहादुर अमात्यको शालिक अगाडी बिरोध प्रर्दशन गर्दा स्थानीय प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो ।

झडपको क्रममा केही आन्दोलनकारीहरु घाइते भएका थिए । बिरोध प्रर्दशनमा संघीय समावेसी मधेसी गठबन्धनसंग आवद्ध नेपाल सदभावना पार्टीका महासचिव शिव पटेल, फोरम गणतान्त्रिकका महासचिव महम्द कदम रसुल, गठबन्धनका नेताहरु संजय यादव, अनिरुद्ध सिंह, महम्द मुस्तकिम, नुर आलम, शेख समिर, संघिय समावेसी मधेसी युवा गठबन्धनका संयोजक ईश्वर यादव, सल्लाहकार ओमप्रकास सर्राफ, गठबन्धनका युवा नेताहरु धर्मेन्द्र पटेल, रोशन पटेल, बिष्णु पटेल, बिर भुषण पटेल, अनिल गुप्ता, जलेश्वर सर्राफ, संतोष सर्राफ, भागिरथ साह, शत्रुधन यादव, फिरोज बादशाह, आन्नद गुप्ता, धुरेन्द्र पटेल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु शेख जलसोदिन, मुस्तुफा अंसारी, अस्लम आलम, प्रमा साह, केदार साह लगायत नेता कार्यकर्ताहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

Birgunj-congress-2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.