
हुलाकी न्यूज, जनकपुरधाम १६ माघ । काठमाडौंमा व्यवसाय गरी बसेका सरोज राय र दिपेश गिरीको प्रयासले जनकपुरका सयौं गरिब तथा बृद्धबृद्धा र बालबालिकाहरुले राहत सामाग्री पाउँदैछन् ।
चिसोमा कठ्यांग्रीन बाध्य जनकपुरका दलित परिवार तथा बृद्धा आश्रमका बृद्धाहरुलाई कम्बलहरु वितरण गरिएको छ । त्यस्तै आश्रमका बालबालिकाहरुलाई पनि राहत सामाग्री वितरण गरिदैछ ।
शनिबार विहान युवा द्वय राय र गिरीको प्रयासमा जनकपुरधामको जानकी बृद्धा आश्रममा रहेका बृद्धाहरुलाई कम्बल, साडी, साबुन, चाउचाउलगायतका आवश्यक सामाग्रीहरु वितरण गरिएको छ । काठमाडौंमा रहेको आयोन संस्था, अमेरिकामा रहेको मधेशीहरुको छाता संगठन एशोशिएशन अफ तराईन इन अमेरिका, हामी नेपाली, आशा फाउण्डेशन र सफा चौरासी व्यन्जन रेष्टुरेन्ट नयाँ बानेश्वरको सहयोगमा उक्त सामाग्रीहरु उपलब्ध गराइएएको छ ।
त्यस्तै धनुषाका विभिन्न क्षेत्रका विपन्न परिवारहरुलाई हिसान धनुषाको आयोजनामा कम्वल वितरण गरिएको छ ।
त्यस्तै शनिबार नै जनकपुरको स्टेशन एरियामा दलितहरुलाई पनि कम्बल वितरण गरिएको छ ।




